Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चुनावी एजेन्डा बन्यो दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

    चुनावी एजेन्डा बन्यो दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

    By सूचनापाना२७ कार्तिक २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    महेन्द्रनगर । कञ्चनपुर ३ मा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी एजेन्डा बनाइरहेका छन्।

    SuchanaPana.com

    ०७४ को निर्वाचनमा समेत चुनावी एजेन्डा बनेको दोधारा चाँदनी सुख्खाबन्दरगाह निर्माणको विषय दलीय प्राथमिकतामा परे पनि काम भने सोचेअनुसार अघि बढेन।

    चालू आर्थिक वर्षमा सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रियागत सुरुवातका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेर बन्दरगाह निर्माणको प्रक्रिया अघि बढे पनि प्रस्ताव भने ०६४ सालमा भएको थियो।

    बितेको चार वर्षमा सुक्खा बन्दरगाह निर्माणस्थल परिर्वतनबाहेक देख्नेगरी कुनै काम नभएको दोधारा चाँदनीका स्थानीयको भनाइ छ। लामो समय दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा बनाउन प्रस्ताव गरिए पनि त्यहाँ स्थानीयको विरोधका कारण दोधारा चाँदनीकै मायापुरी र गौरीशंकर सामुदायिक वनमा निर्माणको प्रस्ताव गरिएको छ।

    नेपाली कांग्रेसका नेता एवम् सत्तागठबन्धन तर्फबाट क्षेत्र ३ का प्रतिनिधिसभा उम्मेदवार रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै यहाँ त्रिदेशीय नाका निर्वाचनको प्रमुख एजेन्डा नै बनाएका छ।

    “महाकाली पुलमा पक्की पुल बनेसँगै पारी दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाएर करिडोर जोडेर नेपाल(भारत र चीनको त्रिदेशीय नाका पाँच वर्षभित्र बनाउने गरी काम अघि बढ्नेछु, उम्मेदवार लेखकले भने, ‘कञ्चनपुरलाई ठूलो आर्थिक नाका बनाउने गरी काम गर्ने विषय मेरो प्राथमिकतामा छ।’

    उनले महाकाली सन्धिअनुसार शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि ल्याउनुपर्ने ३५० क्युसेक पानीसमेत ल्याउने प्रमुख एजेन्डा बनाएका छन्। सिँचाइका लागि पानी ल्याउने विषय ०७४ को निर्वाचन जितेका एमाले नेता डा। दीपकप्रकाश भट्टले पनि त्यतिबेलादेखि नै प्राथमिकताका साथ उठान गरे पनि भारत तयार नहुँदा नेपालले पाउनु पर्ने पानी आउन सकेको छैन।

    महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँचमार्गको निर्माण अन्तिम चरणमा छ। उक्त पुल नेता लेखकको पहलमा बनेको भन्दै कांग्रेस नेताहरू चुनावी एजेन्डा बनाएका छन्।

    नेकपा एमालेबाट कञ्चनपुर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निरु पालले पनि कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गरिने आफ्नो प्रमुख एजेन्डा रहेको बताए।

    ‘महाकाली करिडोर निर्माणका लागि हाम्रो सरकारको पालमा ९८ करोड बजेट आएको छ त्यसको काम अहिले ठप्प छु, उनले भने, ‘कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकसित गर्न ‘करिडोर’ र सुक्खा बन्दरगाह निर्माणको काम गर्ने मेरो प्रमुख एजेन्डा छन्।’

    सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोर निर्माणको काम अगाडि बढाउने उनले बताए। ‘दोधारा चाँदनीमा अझै पनि गरिबीको समस्या छ, स्वदेशमै रोजगारी सिर्जना हुने काम गर्छुु, उनले भने, ‘समाजमा शान्ति स्थापना पनि दोधारा चाँदनीलाई नमूना सहर बनाउन पहल गर्छौं।’

    यस्तै गत निर्वाचनमा मझगाउँ विमानस्थल निर्माणलाई पनि दलहरूले चुनावी एजेन्डा बनाएका थिए। तर विनास्थल निर्माण अहिले जग्गाप्राप्तिको विषयले अलमलमा परेको छ।

    महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने चुनावी नारा बनाएका दलहरूले भाषण गरेअनुसार भने काम अस्पतालमा पनि भएको छैन। तर चिकित्सकको वृद्धि र अस्पतालका सुधारका काम भने यो बीचमा धेरै भएका छन्।

    यस्तै कञ्चनपुर २ मा पर्ने बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको निर्माणको विषय पनि चुनावी एजेन्डा बन्न थालेको लामो समय भइसक्यो। चालू आर्थिक वर्षमा उक्त आयोजना अघि बढाउन सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको भए पनि आयोजनाको शिलान्यास भने डेढ वर्षअघि नै भइसकेको थियो।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको काम कछुवा गतिमा छ। त्यहाँ सामुदायिक वनमा राखिको शिलान्यासको शिलालेख नै अलपत्र पर्ने अवस्थामा छ।

    अढाइ दशकअघि औद्योगिक क्षेत्रको घोषणा गरिएको भए पनि अहिले प्रस्तावित क्षेत्रमा रुख कटानका लागि नम्बरिङ गर्ने कार्यबाहेक केही काम भएको छैन।

    यहाँको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको काम चलिरहेको भए पनि उक्त विषयमा पहल गर्ने विषयमा पनि दलबीच चुनावी मुद्दा बनेको छ। एमालेका उम्मेदवारहरू बितेको पाँच वर्षको अवधिमै सरकारले सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेपछि कामले गति लिएको बताइरहेका छन्।

    यस्तै विगतमा चुनावी एजेन्डा बन्दै आएको डोकेबजार-दैजी हुलाकी सडकको काम अझै पूरा भएको छैन। ६२ किलोमिटर लम्बाइ रहेको उक्त सडक निर्माण चार वर्ष बितिसक्दा पूरा हुन सकेको छैन। यस्तै क्षेत्र १ मा बेलौरीलाई भन्सार नाकाका रूपमा विकास गर्ने विषय पनि चुनावी एजेन्डामात्रै बन्ने गरेको स्थानीयको भनाइ छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.