Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » माधव नेपालको प्रश्न- फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हो ?

    माधव नेपालको प्रश्न- फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हो ?

    By सूचनापाना२९ कार्तिक २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताएका छन् ।

    SuchanaPana.com

    अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताएका हुन् ।

    ‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उनले भने ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ भने बाटो बनाइदिन्छु, अस्पताल बनाउँछु, खानेपानी ल्याउँछु भन्नुचाहिँ प्रलोभन हुँदैन, मैले कुरै बुझिनँ ।’

    रौतहटमा भएको एक चुनावी कार्यक्रममा उनले स्थानीय भाषामा नै फ्री भिसा फ्री टिकटको कुरा गएका थिए । अध्यक्ष नेपालले ‘फ्री का मतलब बिना ढेउवा के, बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौँ मे तालिम मिल्ते हे’ भनेर भाषण गरेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको छ ।

    श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालमा विभिन्न गन्तव्य देशमा रोजगारीका लागि जाने नेपाली श्रमिकले भिसा तथा टिकटको रकम तिर्न नपर्ने र त्यो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार म्यानपावर कम्पनीले बढीमा १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको थियो ।

    तर सरकारको यही नियमकै कारण श्रमिक पठाउँदा लाखौँ रुपैयाँ लिने र प्रमाण चाहिँ १० हजार रुपैयाँको मात्रै दिँदा समस्यामा पर्दा श्रमिकलाई न्याय पाउनसमेत कठिनाइ भइरहेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.