Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » यस्तो छ अनुसन्धान विभागले बुझाएको चुनावी रिपोर्ट, काँग्रेस ठुलो पार्टी हुने

    यस्तो छ अनुसन्धान विभागले बुझाएको चुनावी रिपोर्ट, काँग्रेस ठुलो पार्टी हुने

    By सूचनापाना५ मंसिर २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । निर्वाचनअघि सरकारी संयन्त्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको रिर्पोटमा प्रत्यक्षतर्फ काँग्रेस ठुलो पार्टी हुने रिर्पोट बुझाएको छ । निर्वाचन आयोगले मत प्रक्षेपण र सर्वेक्षण गर्नका लागि बन्देज लगाइएका कारण धेरै सर्वेक्षण गोप्य राखिएको छ ।

    SuchanaPana.com

    मतदानको केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको चुनावी प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा प्रत्यक्ष चुनावतर्फ नेपाली काँग्रेसले ५७ सीट र एमालेले ५१ सीट, माओवादी केन्द्रले २४, एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले ७ र लोसपाले ४ सीट हात पार्ने अनुमान गरिएको छ । राप्रपाले ४, अन्यले ६ र स्वतन्त्र ३ सीटमा विजयी हुने अनुमान गरिएको प्रतिवेदन सरकारी उच्च अधिकारीहरूले पढेको बताइन्छ ।

    त्यसमध्ये प्रदेश नम्बर १ बाट काँग्रेस १०,एमाले १३,माओवादी २, एकीकृत समाजवादी,जसपा,राप्रपा र अन्यले १–१ सीट जित्ने भनिएको छ । मधेस प्रदेशबाट काँग्रेस १०, एमाले ७,माओवादी ३,एकीकृत समाजवादी १,जसपा ६, स्वतन्त्र २ र लोसपाले ३ सीट हात पार्ने गुप्तचर विभागको प्रतिवेदनमा अनुमान गरिएको छ ।

    रिपोर्टमा भनिएको छ, बागमती प्रदेशमा काँग्रेस १२,एमाले १०, माओवादी ५,एकीकृत समाजवादी ३ र राप्रपा, स्वतन्त्र र नेमकिपाले एक एक सीट जित्नेछन् ।’ गण्डकीमा भने काँग्रेस र एमाले दुवैले ७–७ सीट,माओवादी ३ र राष्ट्रिय जनमोर्चा १ सीटमा विजयी हुने कोठे रिपोर्ट बुझाएर एमाले र काङ्ग्रेस दुबैलाई खुसी पार्न खोजिएको छ ।

    लुम्बिनी प्रदेशमा पनि एमाले र काँग्रेसको टक्कर हुने अनुमान गरिएको छ । जसअनुसार दुवै पार्टीले ८–८ सीट ल्याउनेछन् । माओवादी केन्द्रले ५,एकीकृत समाजवादी, राप्रपा, लोसपा, जनमोर्चा र स्वतन्त्रले कम्तिमा एक एक सीट ल्याउन सक्ने भनिएको छ । रिपोर्टमा उल्लेख छ, ‘कर्णालीमा काँग्रेसले ४, एमालेले ३, माओवादीले ४, एकीकृत समाजवादीले २ र राप्रपाले १ सीट जित्ने पक्का छ ।’

    त्यसै गरी सुदूरपश्चिम प्रदेशमा काँग्रेस ६, एमाले ५, माओवादी २, एकीकृत समाजवादी २ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा विजयी हुने आकलन गरिएको छ ।

    अनुसन्धान विभागको पछिल्लो रिपोर्टअनुसार हिजोको मतदानबाट काँग्रेसले ३३ दशमलव ९४ प्रतिशत, एमालेले ३२ दशमलव १२ प्रतिशत, माओवादी केन्द्र १४ दशमलव ५५ प्रतिशत र एकीकृत समाजवादीले ६ दशमलव ०६ प्रतिशत नतिजा हात पार्नेछन् । त्यसै गरी जसपाले ३ दशमलव ६४, राप्रपा र लोसपाले २ दशमलव ४२, स्वतन्त्रले १ दशमलव ८२ प्रतिशत र अन्यले ३ दशमलव ०३ प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नेछन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.