Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

    १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

    By सूचनापाना५ मंसिर २०७९, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् ।

    SuchanaPana.com

    स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका-२ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको दाबी छ ।

    गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको पनि एमालेको आरोप छ । ‘त्यहाँ मृतक र अनुपस्थित मतदाताका नाममा मतदान रोक्न खोज्दा हाम्रो पार्टीका मतदान प्रतिनिधिहरूमाथि हातपात गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    गोरखा क्षेत्र नम्बर १ को विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका-१ मान्वु, धार्चे-३ को पार्वती आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकु मतदान केन्द्रमा पनि पुनः मतदान गर्न एमालेले माग गरेको छ ।

    यस्तै बाजुराको त्रिवेणी नगरपालिका-७ घर भएका अनेरास्ववियूका केन्द्रीय सचिवालयका सदस्य चेतन अयडीको सत्ता गठबन्धनका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै एमालेले कारवाहीको माग गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.