चाैतारा । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध) विजयी भएका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन। सापकोटाले ३०,३७४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेपालले २७,०२० मत प्राप्त गरेका छन् ।
