Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

    पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

    By सूचनापाना९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    युक्रेन । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए ।

    SuchanaPana.com

    अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा शहरका चमेनागृहतर्फ लागेका थिए । बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो । बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो ।

    तीस लाख नागरिकको बसोबास रहेको राजधानी शहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ‘ड्रेनपाइप’बाट जल सङ्कलन गरेका थिए । पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो । यद्यपि धारामा पानी प्रवाह भइसकेको थिएन ।

    पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरबासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ, कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेका थिए । कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी ।

    नगरमा अघिल्लो दिन गरिएको भीषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए । यद्यपि किएभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो ।

    उनान्चालीस वर्षीय ब्याङ्कर ओलेक्सी रश्चुपकिन तेस्रो तलाको आफ्नो ‘फ्ल्याट’ मा पानी आएको थाहा पाएपछि ब्यूँझिए तर उनको ‘रेफ्रिजेरेटर’ बाट बगेको पानीले कोठा पोखरीमा परिणत भएको थियो । बिजुली आपूर्ति नहुँदा उदास भएका उनी ट्याक्सी चढेर निपर नदी पारिको ‘क्पाफे’मा पुगे जहाँ तातो खाना, तातो पेय र वाइफाईसहितको सेवा प्रवाह भइरहेको थियो ।

    रुसी आक्रमणबाट क्याफेमा कुनै प्रभाव नपरेकाले उनको असहज परिस्थिति केही सहज भयो । “म यहाँ छु किनभने यहाँ तातो कफी पाइन्छ, उज्याला पनि छ, अनि यहाँ जीवन छ,” एशोसिएटेड प्रेसका संवाददातालाई उनले भने ।

    किएभ नगरका प्रमुख भिटाली क्लित्सकोले बिहीबार बिहानसम्म शहरका ७० प्रतिशत क्षेत्रमा बिजुली आपूर्ति पुनःस्थापना गरिएको बताए । रुसी आक्रमणमा परी चार जनाले ज्यान गुमाएका बताउँदै उनले क्षेप्यास्त्र आक्रमणमा परी एक जना महिलाको पनि मृत्यु भएको जानकारी दिए । हिमपातपछिको वर्षाले कठाङ्ग्रिएको किएभको जनजीवन पुनः पुरानै अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।

    युक्रेनीहरू रुससँग हार नमान्ने मनावलका साथ आफ्ना सुरक्षा बललाई ढाडस दिइरहेका छन् । बिजुली, पानीजस्ता अत्यावश्यक आधारभूत सुविधा नभए पनि उनीहरू पुटिनसँग कुनै किसिमको सम्झौता गर्न तयार छैनन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    इन्डोनेसियाको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि

    २८ श्रावण २०८२, मंगलवार

    मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी

    २८ श्रावण २०८२, मंगलवार

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    २५ असार २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.