Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आरोपित डिएसपी ठगलाई एसपीको निवासमा सत्कार

    आरोपित डिएसपी ठगलाई एसपीको निवासमा सत्कार

    By सूचनापाना१२ पुष २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेकाे छ ।  

    SuchanaPana.com

    डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो । बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाइएका छन्र । डिएसपी केसी मुद्दाका अभियुक्त हुन् । उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, रेग्मीले आफ्नै निवासमा पाहुनालाई सत्कार गरेर राखेको प्रति जिल्ला प्रहरी कार्यालयका प्रहरी आश्चर्यमा छन् ।

    ‘यस्तै खालको मुद्दामा तल्लो तहका प्रहरी परेको भए अरु अभियुक्तसगैं साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो तर डिएसपीलाई निवासमा राखेर सत्कार गरिएको छ,’ जिल्ला प्रहरी कार्यालयमा रहेका एक प्रहरीले भने ।

    केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी कमल थापाले सिआइवीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको बताए । अब उनी जिल्ला प्रहरीको हिरासतमा रहने र थप अनुसन्धानको काम जिल्ला प्रहरी कार्यालयले अघि बढाउने थापाले बताए ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रेग्मीले डिएसपी केसी हिरासतमा नभई नियन्त्रण र निगरानीमा रहेको जिकिर गरे । डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोलीले खटिएको थियो । उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ । ‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे,–अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

    उनी केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए । उनी सोमबार रमाना लिएर जादै थिए । रमाना लिनु अघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन् ।
     

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.