अछाम – अछाममा ३४ वर्षीय एक जना मृत फेला परेका छन्।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन् । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
