Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पर्यटक पर्खंदै हेलम्बु

    पर्यटक पर्खंदै हेलम्बु

    By सूचनापाना२४ पुष २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो ।

    SuchanaPana.com

    काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाट हुँदै एक सय नौ किलोमिटर बाटोमा यातायातको साधनको प्रयोग गरी किउलतिम्बुसम्म पुग्न सकिन्छ ।

    खासगरी स्थानीय स्रोत र साधनबाट बनाइएका आकर्षक होटल, पाहुनाघर, लाङटाङ राष्ट्रिय निकुञ्ज, मेलम्ची खोलाको छहरा, भौगोलिक विविधता, स्थानीय उत्पादनबाट बनेका परिकार, ह्योल्मो जातिको रीतिरिवाज, गुम्बा, घ्याङ, ग्रेटटेल, पाल्चोक मन्दिर नै आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने प्रमुख माध्यम रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । शेर्पाका अनुसार हेलम्बुको आकर्षक प्रवेशद्वारमा पर्ने तापखर्कस्थित निगालेमा १३ फिट अग्लो गुरु रेम्पोन्छेको आकर्षक मूर्ति र ग्रेटटेल निर्माण गरेपछि पर्यटक बढ्न थालेका छन् ।

    कुनै बेला रसिलो र ज्यादै स्वादिलो अग्र्यानिक स्याउ पाउने हेलम्बुमा अहिले स्याउ पाइँदैन । हेलम्बुको सेर्माथान, छिमी, नाकोते, तार्केघ्याङका गाउँमा स्याउ फल्न छाडेको स्थानीय कर्मातोक्पे लामाले बताए। स्याउ उत्पादन हुन छाडेपछि लामो समय आलु, मुला र करु खेतीमा सीमित भएका स्थानीयवासीले वैकल्पिक खेती भेट्टाएपछि उत्साहित भएका छन् ।

    गाउँपालिकाले बर्सेनि अनुदानमा किवी, ओखर, नास्पातीलगायत बिरुवा वितरण गर्दै आइरहेको लामा बताउँछन्। पछिल्लो समय शेर्माथानका प्रायः सबै किसान किवी खेतीमा आकर्षित भएका छन् । पर्यटकका स्वागतका लागि आमा समूहद्वारा होमस्टेसमेत सञ्चालनमा रहेको दावाडोल्मा शेर्पा बताउँछन् । दावाडोल्माका अनुसार शेर्माथानका २२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

    धार्मिक पर्यटनले प्रख्यात हेलम्बुमा पछिल्लो समय पर्यटकको चाप क्रमशः घट्दै गएको स्थानीयवासी बताउँछन् । हेलम्बु घुम्न ट्राभल एजेन्सीहरूले एक सातासम्मको टुर प्याकेजमा बाह्य पर्यटकहरू भित्रिने क्रम भने पछिल्ला दिनमा कमी आएको रोशनी लामाले बताए । हेलम्बुको प्रचारप्रसार, यहाँका स्रोत र साधनहरूलाई व्यवस्थापन र परिचालन गर्न सके कमी हुँदै आएको आन्तरिक तथा बाह्य पर्यटकको लावालस्कर लाग्ने पर्यटन व्यवसायी मिलन तामाङको भनाइ छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.