Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कैदीबन्दी बाहिर जिल्लामा, बहस मुगु अदालतमा

    कैदीबन्दी बाहिर जिल्लामा, बहस मुगु अदालतमा

    By सूचनापाना३ फाल्गुन २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत ।  तोकिएको समय कारागार निर्माण नहुँदा यहाँका कैदीबन्दीहरु बाहिर जिल्लामा पठाउनुपर्ने बाध्यता रहेको छ । गमगढीस्थित थापालचौरमा निर्माणाधीन कारागार भवन ९ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझैँ निर्माण हुन सकेको छैन ।

    SuchanaPana.com

     २०७१ मा ३ करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ । भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायतको काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । ८० पुरुष र २० महिला गरी एक सय कैदीबन्दी अट्ने क्षमताको कारागार भवन हो  । कारागार भवन प्रयोगविहीन भएपछि २ वर्षअघि त्यसलाई कोरोना संक्रमितहरू राख्ने आइसोलेसन बनाइएको थियो । कारागार नै निर्माण नभएपछि कैदीबन्दीलाई मुगुबाट  जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, दाङमा लैजानुपर्ने बाध्यता छ । 

    यहाँका कैदीबन्दीलाई मुद्दाको फैसला नहुँदा सम्मा प्रहरीको हिरासतमा राख्ने गरिएपनि फैसला पछि कैदीहरुलाई बाहिर जिल्लामा पठाउनुपर्ने बाध्यता रहँदै आएको छ । कैदीहरूलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई उत्तिकै सास्ती हुने गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ  ।

    सुरक्षाको दृष्टिकोणले पनि कैदीबन्दीलाई बाहिर पठाउँदा समस्या भएपनि वषौँ देखि सोही काम हुँदै आएको छ । मुगुबाट नजिक रहेको जुम्लामा ल्याउन समेत दुइ दिन लग्ने गरेको प्रहरीको भनाई छ । बाहिर जिल्लामा कैदीबन्दी भएकाले आफन्तले भटन नै समस्य हुने गरेको छ । छायानाथरारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले आफ्ना छोरा जुम्ला कारगारमा थुनिएको झन्डै ९ वर्ष भए पनि अहिलेसम्म भेट्न नपाएको बताए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना कैदीबन्दीलाई जुम्ला लैजान ८÷९ जना सुरक्षाकर्मीले पुर्‍याउनुपर्ने बाध्यता छ । बाहिर जिल्ला कैदीबन्दी पुर्‍याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । थुनुवाहरू जिल्लाबाहिर भए पनि उनीहरूको बहस मुगु अदालतमा हुने गरेको छ । जसका कारण उनीहरू आफ्नै बहस सुन्नबाट पनि वञ्चित भएका छन ।

    मुगुबाट बर्सेनि २० जनासम्म कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनु पर्छ  । २०७६/०७७ मा २१, ०७७/०७८ मा १२ र ०७८/०७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको छ । तर, जुम्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थप समस्या भएको हुने गरेको छ । अहिले जुम्ला कारागारमा १२० जनाको क्षमता भए पनि १२६ जना बस्न बाध्य छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.