Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विमानस्थल नागरिकको पहुँचमा हुनुपर्नेमा पर्यटनमन्त्री किरातीको जोड

    विमानस्थल नागरिकको पहुँचमा हुनुपर्नेमा पर्यटनमन्त्री किरातीको जोड

    By सूचनापाना१८ फाल्गुन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गरे ।

    SuchanaPana.com

    ‘हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ’, पर्यटनमन्त्री किरातीले भने , ‘मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहुँचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।’

    अन्तर मन्त्रालयको सम्बन्ध र मातहत निकायबीचको समन्वय नहुँदा यात्रुले सास्ती बेहोर्नु परेकोतर्फ लक्षित गर्दै मन्त्री किरातीले नागरिकले सरल र सहजरूपमा सेवा पाउनेगरी सरकारी निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले विमानस्थललाई यात्रुमैत्री बनाउन आवश्यक पूर्वाधार, बाहिर काउन्टर, घण्टौँ लाइन बस्नुपर्ने अवस्था समाधान गर्न आग्रह गरे । विमानस्थलमा आवश्यक काउन्टर थप्न, बोर्डिङ लिने ठाउँसम्म अशक्त मानिसलाई सहयोग गर्ने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।

    सुरक्षाका नाममा नागरिकले अनावश्यक दुःख पाउनु हुँदैन भन्दै मन्त्री किरातीले सुरक्षा संवेदनशीलतासँगै नागरिक सेवा सहजीकरणतर्फ पनि ध्यान दिन निर्देशन दिए। उन विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन भएर यात्रुले सास्ती बेहोर्नुपरेको समाचारले नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

    ‘तत्काल विमानस्थलमा देखिएको बेथिति नसुध्रिए सारा प्रमाणसहित सार्वजनिक गर्न म बाध्य हुनेछु । अब यो बेथितिको अन्त्य हुनुपर्छ, आम नागरिकको पहुँचमा विमानस्थल हुनुपर्छ, एयरपोर्ट सुन्दर हुनुपर्छ, विमानस्थलका सबै कर्मचारी सभ्य हुनुपर्छ’, उनले भने । सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), विमानस्थलका प्रमुख तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु सहभागी थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.