Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लघुवित्त र मिटरव्याजविरुद्धको सङ्घर्षमा विप्लवको साथ

    लघुवित्त र मिटरव्याजविरुद्धको सङ्घर्षमा विप्लवको साथ

    By सूचनापाना२१ फाल्गुन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको मनपरिविरुद्ध सङ्घर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोध गरेका छन् ।

    SuchanaPana.com

    महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैङ्क व्याजले लाखौँ जनताको जीवन प्रताडित बनेको उल्लेख गरेका छन् ।

    साथै उनले बैङ्क तथा वित्तीय संस्थाहरूको आतङ्क र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौँ नागरिक सडकमा पुगेर छटपटाइरहेको बताएका छन् ।

    ‘कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन् । उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको आवाज सुन्नु र उनीहरूको रक्षामा न्यायिक कदम चाल्नुको सट्टा प्रशासन र प्रहरीलाई लघुवित्त एव चक्र व्याजीको रक्षामा जनतालाई दमन गर्न परिचालन हुन निर्देशन गर्नु जनविरोधी एवं असैह्य कार्य हो’, विप्लवले सरकारी कदमको विरोध गरेका छन् ।

    सरकार यस्तो निर्णयबाट पछि फर्किन र जनताको माग पुरा गर्न पनि विप्लवको माग छ । त्यसै गरी सो पार्टीले दलाल पूँजीपतिवर्ग र विभिन्न नामका शोषक, चुसाहा संस्थाहरूका विरुद्ध पीडित नागरिकलाई न्यायपूर्ण सङ्घर्षमा निरन्तर अगाडि बढ्न अपिल गर्दै आफ्नो साथ रहेको बताएको छ । ‘पार्टी सधैँ जनताको न्यायपूर्ण सङ्घर्षको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ’, सो पार्टीले भनेको छ ।

    जनताको जायज आवाजलाई सहयोग र समर्थन गरेका कारण देशभरि आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउन थालिएकोमा आपत्ति जनाउँदै जाजरकोटमा जिल्ला इन्चार्ज तथा सीसीएम पौरख सी, जिल्ला सेक्रेटरी विराजन सी लगायत ५ जनालाई गिरफ्तार गरेर लुटपाटको झुट्टा मुद्दा लगाउन लागेको भन्दै उनीहरूको रिहाइ गर्न माग गरेको छ । अन्यथा सङ्घर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने विप्लवको चेतावनी छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.