सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउपालिकाले आकर्षक प्रवेशद्वार बनाउने भएको छ । आईतबार गाउँपालिकाले प्रवेश द्वार निमार्णको लागी एक टेण्डर आव्हान गरेको हो ।
५७ लाख ७ हजार पाँचसय उनानब्बे बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।
बलेफी र जुगलको सीमाना ढाडेको पुल छिचोलिसकेपछि वडा न ५ को सीमानामा उक्त प्रवेशद्धार बनाईन लागेको हो ।
