Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री [पूर्णपाठ]

    माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री [पूर्णपाठ]

    By सूचनापाना२१ फाल्गुन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताए ।

    SuchanaPana.com

    आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गरेका हुन् ।

    कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामी कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ। सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।’

    यस्तो छ सम्बोधनको पूर्णपाठ:

    हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ। यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु। यो कार्यक्रमको अर्थ र महत्व धेरै ठूलो र दूरगामी छ। मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु।

    केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो। त्यहाँ एकराज भणडारीले सबैको तर्फबाट केही विषय गम्भीर ढंगबाट राख्नुभएको थियो। र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ। अहिले पनि मैले तपाईहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु।

    हामी कमजोर छैनौँ। हाम्रो आन्दोलन कमजोर छैन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन। हामी विभिन्न धारामा भए पनि यिनीहरू एकठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्। 
    हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठूलो घेराबन्दी गरिएको थियो। त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन वोध भएको छ, यो एउटा शक्ति ठान्छु। म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु। एकचोटी माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन्। माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईहरूलाई अपील गर्दछु– दृढ संकल्पका साथ एकठाउँ उभिउँ।

    काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु। यो आफैमा ठूलो परिघटना हो। फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो। यो आफैमा अर्को एउटा कोशेढुङ्गा नै हो। जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ। अहिले पटकपटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको छ। यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग संकेत गरेको छ भने हजारौं सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन। 

    फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्धकालदेखि नै सुरू गरिएको थियो। झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरू गरिएको सहिद सप्ताह यसपटक पनि विविध रूपमा मनाइएको छ। त्यसकारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन्। केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने कुरा हुँदैन।

    अहिले सरकारको तर्फबाट सहिद तथा वेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतंकित भएका छन्। तिनीहरू फेरि एकपटक माओवादीसँग तर्सेका छन्। त्यसकारण माओवादीका विरूद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्तिकालमा पनि पटकपटक देखेका छौं। भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरूद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो। हामी यसरी नै गएका छौँ। यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ। 

    अहिले माओवादीहरू एकठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने संकल्प ग¥यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ। मैले विभिन्न उतारचढाव, घुम्तीमोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु। संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ। यस कुरामा अहिले प्रहार हुँदैछ। यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरूरी छ।

    माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.