Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द

    मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द

    By सूचनापाना२१ फाल्गुन २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ – लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ ।

    SuchanaPana.com

    आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द  भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ ।

    दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

    दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही ग्याबिन मर्मत तथा अन्य संरचनामा स्तरोन्नति गर्न तीन साता समय निर्धारण गरिएको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि दुई महिनाभन्दा बढी समय लाग्ने भए पनि अहिले पनि राष्ट्रव्यापी विद्युत अभावका कारण तीन हप्तामा काम सक्ने गरी तयारी गरिएको केन्द्र प्रमुख बस्नेतको भनाइ छ ।

    संरचना निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा केसी अधिकारी जेभीले संरचना मर्मत गर्न लागेको केन्द्रले जनाएको छ । संरचना मर्मतका लागि ११ करोड ३३ लाखमा सम्झौता भएको छ । जलविद्युत केन्द्रको सिभिल संरचना मर्मतका लागि १६ चैतदेखि ६ गतेसम्म २१ दिन विद्युत सटडाउन हुने र सो अवधिभर ड्यामका सबै ढोका खुल्ला गरिने हुँदा नदी आसपास नजान केन्द्रले अनुरोध पनि गरेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.