रामेछाप । जिल्ला अस्पताल रामेछापमा ‘डायलासिस’ सेवा औपचारिक रुपमा सुरु भएको छ ।
विगतमा मिर्गौला रोगबाट पीडितहरू ‘डायलासिस’ गर्नकै निम्ति जिल्ला बाहिर धाउनु पर्ने बाध्यता भने अब जिल्लाबासीमा हटेकाे छ ।
जिल्ला अस्पतालमै ‘डायलासिस’ गर्न पाउने भएपछि स्थानीय एवं सेवाग्राहीहरू खुसी भएका छन् । बिहीबार देखि बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ सहितको उपस्थितिमा सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।
पुरानो सदरमुकाम समेत रहेको रामेछाप डाँडामा रहेको जिल्ला अस्पतालमा पहिलो दिनै एक जना बिरामीको सफलता पूर्वक ‘डायलायसिस’ गराइएको अस्पतालले जनाएको छ ।
