काठमाडौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । राजदूत श्रीवास्तव राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको बताइएको छ ।
उहाँहरुबीच साँझ ६ बजेदेखि भेटवार्ता भइरहेको छ । राष्ट्रपति पौडेलले गत सोमबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेपछि आज भारतीय राजदूतसँग गर्नुभएको कुराकानी विदेशी कूटनीतिज्ञसँगको पहिलो भेटवार्ता हो ।
