सिन्धुपाल्चोक । स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सुरु भएको छ ।
जुगल गाउँपालिकाको आयोजना र नेपाल तामाङ घेदुङको सहकार्यमा मातृभाषा शिक्षा कार्यक्रम शनिवार (आज) बाट सुरु गरिएको हो ।
अबको पाँच दिन सम्म चल्ने यस कार्यक्रम जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको अध्यक्षता र नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो।
मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ यो कार्यक्रमको सुरुवात गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । जिल्लाका १२ स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका जुगल नै रहेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।
गाउँपालिका भित्रका छनोटमा परेका विद्मालयमार्फत एक /एक जना शिक्षक लगाएतको उपस्थित रहने छन् प्रशिक्षकमा माृभाषाका भाषा विज्ञ डा। लोक बहादुर लोप्चन ,टेर्नर प्रतिक तामाङ रहेका छन् ।
नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम वि सं २०५५ देखि सुरू भएको हो। यसका लागि पाठ्यक्रम विकास केन्द्रले २४ वटा मातृभाषामा प्राथमिक तहसम्मको पाठ्यपुस्तक तयार गरेको छ।
उद्घाटन कार्यक्रममा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो ,नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले,प्रशिक्षक माृभाषाका भाषा विज्ञ डा। लोक बहादुर लोप्चन ,टेर्नर प्रतिक तामाङ ,वडा अध्यक्ष लक्क्षमाण दोङ ,स्थानीय लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।
