सिन्धुपाल्चोक । चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ ।
चैत ४ गते देखि सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ ६ -५ गोल अन्तरले पछि पार्दै आयोजक बलेफी गाउँपालिका नै उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको विजेता टोलिले नगर १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका छन् ।
खेलपछि आयोजित समापन समारोहमा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई एवं सम्मान प्रदान गरे ।
त्यसैगरी बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले विजेताहरुलाई मेडल प्रदान गरेका थिए । खेलमा जिल्लाका सबै १२ वटै पालिकाले सहभागिता जनाएका थिए ।
