रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
नेपाली कांग्रेसको विधान बमोजिम सोमबार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले एक पत्र मार्फत आफू विदेश भ्रमणबाट नफर्कुन्जेल उपसभापति कार्कीलाइ कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् ।
