रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ ।
समन्वय समितिले जिल्लाको उमाकुण्ड गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको अनुगमन गरेको हो ।
उमाकुण्ड गाउँपालिका, गाउँपालिका, बागमती प्रदेश सरकार, र संघिय सरकारको लगानिमा निर्माणधिन योजनाहरुको समन्वयका इन्जिनियर सम्पत न्यौंपाने, समन्वय अधिकारी बिनिता भट्टराई समन्यव उपप्रमुख प्रेम सागर थापाको उपस्थितिमा अनुगमन गरिएको हो ।
ठुला योजनाहरुको अनुगमन गरि आवश्यक सल्लाह सहित सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले बताइन ।
