काठमाडौं । नयाँवर्षको अवसर पारेर रामेछापका कलाकारहरूले साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरस्थित किम्ची क्याफेमा पत्रकार सम्मेलन गरि कार्यक्रमको आयोजनाबारे सार्वजनिक गरेको हो ।
रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको रामेछाप सॅास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताए । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको छ ।
वैशाख ९ गते आयोजना गरिने सो साँस्कृतिक कार्यक्रमा रामेछापबाट निर्वाचित साँसदलाई सम्मान गरिने, रामेछापका विशिष्ठ स्रष्टालाई सम्मान गरिने र संस्थागत कलाकारलाई सम्मान गरिनेसमेत कार्यक्रम रहेको जनाइएको छ ।
