Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लमजुङको सिउरुङमा वैशाख दोस्रो साता सिउरुङ महोत्सव हुने

    लमजुङको सिउरुङमा वैशाख दोस्रो साता सिउरुङ महोत्सव हुने

    By सूचनापाना२६ चैत्र २०७९, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    लमजुङ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२औं सिउरुङ महोत्सव हुने भएको छ ।

    SuchanaPana.com

    मर्स्याङ्दी गाउँपालिका ३ मा रहेको सिउरुङमा प्रत्येक वर्ष महोत्सव गरिँदै आएकोमा कोरोना संक्रमण जोखिमसँगै महोत्सवका कार्यक्रम हुन सकेको थिएन ।

     २०७५ साल जेठमा ११औं महोत्सव आयोजना गरिएकोमा त्यसयता महोत्सव हुन सकेको थिएन ।

    कोरोना संक्रमण जोखिम कम भएपछि यही वैशाख ७ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सिउरुङ महोत्सवको आयोजना गरिने १२औंं सिउरुङ महोत्सव मूल आयोजक समितिका संयोजक नन्दबहादुर घलेले बताए । उनका अनुसार ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धन साथै स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।

    महोत्सवमा स्थानीय खाना महोत्सव, संस्कृति प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछन् । प्राकृतिक दृश्यावलोकन, गुम्वा, तमू संग्रहालय, क्व्होइँबो, शिलादेवी मन्दिर, जलदेवी मन्दिर, कन्यादेवी मन्दिरलगायतको दर्शन गर्न सकिने महोत्सव आयोजक समितिले जनाएको छ । 

    महोत्सवमा कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखु, चर्खा, झोला, पछ्यौरालगायत ऊन र धागोबाट निर्मित हस्तकला सामग्रीको प्रदर्शन समेत गरिने महोत्सव मूल आयोजक समितिका सचिव पूर्णसिंह गुरुङले बताए ।

     उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त कलाकारहरु राजु गुरुङ, लक्ष्मी खड्का, जादुगर शेरबहादुर गुरुङ, कलाकार केशबहादुर गुरुङ, प्रिया गुरुङलगायतको प्रस्तुति रहने गुरुङले बताए । महोत्सवमार्फत समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेको खेलापु डाँडालाई भ्यु प्वाइन्टको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

    २०६२ सालदेखि ग्रामीण पर्यटन प्रवर्द्धनको थालनी भएको सिउरुङमा प्रत्येक वर्ष स्थानीय पर्वको रुपमा महोत्सव आयोजना गरिँदै आएको थियो ।

     कोरोनाका कारण नियमित हुन नसकेको महोत्सवले अव निरन्तरता पाउने संयोजक घलेले बताउनुभयो । समुद्री सतहदेखि करिब १ हजार ८ सय ५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको बस्ती छ । 

    विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता रहेको छ । 
    कूल १ सय २० घर रहेको सिउरुङको १७ घरमा होमस्टे संचालन गरिएका छन् । 

    लमजुङ सदरमुकाम बेंसीसहरदेखि २४ किलोमीटर उत्तरपश्चिममा पर्ने सिउरुङ बेंसीसहरदेखि खुदी, ढगैं हुंदै करिव २ घण्टामा मोटर चढेर पुग्न सकिन्छ ।
     

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.