चितवन । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ ।
आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। चितवन राष्ट्रिय निकुञ्जस्थित जगतपुरमा रहेको उक्त रिसोर्टमा लागेको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन । उक्त रिसोर्टको लबी र रेष्टुरेन्ट क्षेत्रमा आगलागी भएको एक कर्मचारीले बताइन् ।
आगलागी केही नियन्त्रणमा आए पनि पूर्ण नियन्त्रणमा नआएको पनि उनले जनाइन् ।
