कुरिनटार । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा चितवनको इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख ५ हजार देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा उक्त रकम गाउँपालिकाको बेरुजु देखिएको हो ।
महालेखाले आव २०७८/०७९ गाउँपालिकामा १ अर्ब ३३ करोड ७३ लाख १४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.०१ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार बेरुजु देखाएको हो ।
यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ४१ लाख १८ हजार रुपैयाँ देखिएको थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा करिब ६ लाख कम बेरुजु देखिएको हो।
जिल्लाको ७ पालिका मध्य कम बेरुजु हुनेमा इच्छाकामना पाँचौ स्थानमा छ । सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा देखिएको छ भने सबैभन्दा बढि माडी नगरपालिकामा देखिएको छ ।
