Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आठबीसकोट नगरपालिकाको निर्णय : २०० बढी करार शिक्षक हटाइउने

    आठबीसकोट नगरपालिकाको निर्णय : २०० बढी करार शिक्षक हटाइउने

    By सूचनापाना४ बैशाख २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सुर्खेत ।  खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक दुई सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ ।

    SuchanaPana.com

    पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने भएका हुन् । 

    आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो ।

    नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका ले करारमा नियुक्तगरेका शिक्षकको सम्झौता अब नविकरण नगर्ने बताएको छ ।

    नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उदेश्यले करार शिक्षक को सम्झौता नविकरण नगर्ने वैशाख २ गते शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले निर्णय गरेको बताए । 

    अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्चबेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

    नगरपालिका भित्र २ सय ४६ जना करार शिक्षक कार्यरत छन । त्यस्तै नगरपालिकाले पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ ।

    करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल भइरहेको समेत बताईएको छ ।विद्यालय धेरै संख्यमा रहेको र आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ ।

    अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाई छ ।
     

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.