Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सिन्धु-हेलम्बु यातायातमा अनियमितता गरेको पाइए कारबाही गर्ने प्रशासनको चेतावनी

    सिन्धु-हेलम्बु यातायातमा अनियमितता गरेको पाइए कारबाही गर्ने प्रशासनको चेतावनी

    By सूचनापाना४ बैशाख २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो व्यक्त गरेको छ ।

    SuchanaPana.com

    यातयात भाडादर असुलीमा अनियमिता गरेको जनगुनासो बढ्दै गएछि सोमबार जिल्ला प्रशासनले यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरुको संयुक्त भेला गराई मापदण्ड विपरित भाडा अशुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षिय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय समेत गरेको छ ।

    उक्त छललफल कार्यक्रममा यात्रुबाहक गाडीले सामान ढुवानी गरेका पाइएमा कारबाही गर्ने र सहचालकलाई यात्रुहरुसँग मित्रवत व्यवहार गर्न अभिमुखी कार्यक्रम र परिचयपत्रको समेत व्यवस्था कम्पनीले मिलाउनु पर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

    अधिकारी श्रेष्ठका अनुसार सुपर एक्सप्रेस मापदण्डको आधारमा सञ्चालन गर्न र मापदण्ड विपरित बढी भाडा अशुल गरेको पाइएमा कारबाही हुनका साथै प्रालि र स्थानीय सरकारको समन्वयमा बस स्टेशन, बस स्टप र यात्रु प्रतीक्षालयको निर्माण गर्ने लगायतको निर्णय पनि भएको छ ।

    काठमाण्डौं देखि मेलम्ची, हेलम्बु क्षेत्रमा लगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एकसाताभित्र नै सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने र अनिवार्यरुपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरि भाडादर टाँस गर्ने व्यस्था गर्नुपर्ने पनि निर्णय गरेको छ ।

    भेलामा कोष नियन्त्रक शम्भूप्रसाद पोखरेल, प्रहरी निरीक्षक संजिवकुमार यादव, ट्राफिक प्रहरी पोष्ट मेलम्चीका प्रहरी सहायक निरीक्ष कृष्णप्रसाद ओली नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस मन्त्री कमलचरण कक्षपति, उपभोक्ता हित संरक्षण मञ्चका संसार श्रेष्ठ, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, लगायतको उपस्थितिमा रहेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.