काठमाडौं । १०६ मेगावाट क्षमताका जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सञ्जय सापकोटा नियुक्त भएका छ्न्।
आइतबार बसेको सञ्चालक समितिले आगामी ४ बर्षका लागि चौतारा साँगाचोकगढी वडा न १०, सुकुटेका सापकोटालाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो।
कम्पनीले फागुन १४ गते निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका थिए, जसमध्ये चार जना सर्टलिष्टमा परेका थिए ।
सापकोटा जगदुल्लामा नै कार्यरत छन्। उनी जगदुल्ला जलविद्युत आयोजना प्रमुख समेत हुन्। उनले यस अघि निमित्त सीइओको रुपमा काम गरिसकेका छन्।

