Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा

    उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन : देउवा

    By सूचनापाना११ बैशाख २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

    SuchanaPana.com

    सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए ।

    कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि बोलाएको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनबारे धारणा राखेका थिए ।

    चितवन २, तनहुँ २ र बारा २ मा आइतबार निर्वाचन भएको थियो । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा देउवाले उपनिर्वाचनबारे टिप्पणी गरेका हुन् ।

    सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेका थिए । अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएका थिए । बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

    जनतामा विकास निर्माणका अपेक्षा रहेको र तिनलाई सम्बोधन गरेर जाने योजना ल्याउनुपर्ने सांसदहरूको भनाइ थियो । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो ।

    प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजना, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रेको व्यवस्था होस्, सहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् भन्ने सांसदहरूले धारणा राखेका छन् । कांग्रेस संसदीय दलको बैठक मंगलबार १० बजे पुनः बस्ने भएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.