Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको होइन : प्राधिकरण

    फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको होइन : प्राधिकरण

    By सूचनापाना१२ बैशाख २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको दाबी अस्वीकार गरेको छ ।

    SuchanaPana.com

    सोमबारै राति दुवई मिडिया अफिसले आफ्नो ट्वीटर ह्यान्डलमा काठमाडौंबाट ९ः २० बजे दुबईका लागि उडेको एफजेड ५७६ जहाजमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) दाबी गरेको थियो । तर प्राधिकरणले उक्त दाबी अस्वीरकार गरेको हो ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आफ्नो प्राविधिक कमजोरी छोप्न बर्ड स्ट्राइकको बहाना बनाईएको हुनसक्ने बताए । ‘सोमबार राति जहाजमा चरा ठोक्किएको भन्ने पुष्टि भएको छैन । हामी एयरपोर्टको मान्छेलाई बर्ड स्ट्राइकबारे थाहा छैन,’ उनले भने, ‘चरा ठोक्किएको भए जहाजमा दुलो पर्थ्यो होला । पाइटले यहाँको टावरलाई किन भनेनन् ? बर्ड स्ट्राइकलाई देखाएर उसले आफ्नो कमजोरी ढाकछोप गरेको मात्र हुनसक्छ ।’

    जहाजमा चरा ठोक्किदा कहिले सामान्य त कहिले गम्भीर दुर्घटनासमेत हुने गर्छ । प्रवक्ता निरौलाले विमानस्थलको धावनमार्गमा एउटा मरेको भँगेरा भेटिएको भएपनि त्यो जहाजमा ठोक्किएको भने अस्वीकार गरे ।

    उनले भने, ‘चरा भेटिएको त हो । तर, त्यो चरा हेर्दा हिजै ठोकिएर मरेको भन्ने पुष्टि भएको छैन । यहाँ दिउँसो पनि शिकारी घुमिरहेका हुन्छन् । उनीहरुले मारेको हुन सक्छ । हिजै मरेर खसेको भए त आलो हुनुपर्थ्यो । केहि दिनअगाडि मरेर सुकिसकेको अवस्थामा चरा भेटिएको हो,’ उनले भने ।

    सोमबार १६९ यात्रु बोकेर दुबईका लागि उडेको जहाजमा विमानस्थलबाट उडेलगत्तै आगो देखिएको थियो । एउटा इन्जिनमा समस्या आएको भन्दै पुनः विमानस्थलमा अवतरण गराउने तयारी पनि गरिएको थियो ।

    तर, पाइलटले त्रिभुवन विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएनन् । उनले सुरूमा काठमाडौंको आकाशमा नै केही फन्का लगाए र जहाज पुनः आफ्नै रुटमा गन्तब्यतर्फ लगेको प्राधिकरणको भनाई छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.