Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » आगलागीले खरानी बनायो ‘जुनार’को सपना

    आगलागीले खरानी बनायो ‘जुनार’को सपना

    By सूचनापाना१६ बैशाख २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    कुमार श्रेष्ठ,
    रामेछाप । घरको पेटीमा गालामा हात लगाएर बसेका भेटिन्छन लालबहादुर ।घरि जुनारको बगानमा पुग्छन। घरि सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमा चहार्छन ।जुनारको बोट सँग लुकामारी खेल्दै रमाउँदै आएका उनको दिनचर्या अहिले आगलागिले खरानी बनाएको जुनार, घरको पेटीमा र सहयोग माग्दै सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमै बितेको छ ।

    SuchanaPana.com

    उनि जुनार कृषक मात्रै होईनन । व्यवसायी पनि हुन । दिविनी कृषि तथा उन्नत पशुपालन फार्म मार्फत जुनार खेतिमा आफूलाई हिरो बनाउने कोसिस गर्दै आएका लालबहादुर तामाङलाई आगलागिले ’जिरो’ मा ल्याई पुर्याएको छ ।
    जुनार खेतिबाट नै जिविकोपार्जन गर्दै आएका लालबहादुर आफू सडकमा आएको बताउँछन । लालबहादुर भन्छन– लाखौँ आम्दानी दिने बंगैचा डढेर सकियो । सन्तानको लालनपालन, शिक्षा–दिक्षा तथा परिवारको रासन–पानीका लागि पनि अब कुनै विकल्प रहेन मेरो ।

    रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका तामाङको जुनार बगैँचा सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायिक वनमा लागेको डढेलोने सखाप बनाईदियो । लालबहादुर तमाङको जुनार बगैचा सँगै फत्तबहादुर खड्काको १ रोपनीमा रहेको जुनार बगैचा समेत आगलागिमा पर्यो ।

    जुनारको चिचिला सँग खेल्ने यो बेलामा लाबहादुर तामाङ र फत्तबहादुर खड्का पुरपुरोमा हात लगाएर बस्न बाध्य भएका छन ।आगोलागिका कारणबाट ओख्रेनीका यी दुई किसानले आफ्नो आम्दानीको स्रोत सबै गुमाएका छन ।
    फत्तबहादुरकी छोरी सरु खड्का आफ्नो आमाबाबुको सपना भरोसा सबै आगलागीले खरानी बनाएको बताउँछिन । उनि भन्छिन – मेरो बाबा आमाको मेहेनत र बुढेसकालको बाँच्ने आधार क्षण भरमै सकियो । त्यही जुनारबाट भएको आम्दानीले बुढेशकालको जोहो गर्ने मेरो आमाबाबाको सपनाको अब के हुन्छ ?

    यता जुनार कृषक लालबहादुर यत्तिको नोक्शान हुँदा समेत आफूलाई कुनै सम्बन्धित निकायले वास्ता नगरेको बताउँछन । उनि भन्छन– ‘घर, गोठ जल्दा सम्बन्धित निकायबाट राहत पाईन्थ्यो । चामल, भाँडाकुँडा, लुगाफाटो दिनेको ओइरो लाग्थ्यो ।मेरो त जुनारको बोट जल्यो । जिवीकोपार्जन गर्ने बाटो बन्द भयो । स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत सबैले केही गर्न सकिँदैन भन्छन् । यो मेरो करोडौंको क्षेती हो ।’

    व्यावसायिक रूपमै फलफूल खेती गर्दै आएका लालबहादुरको ३२० बोट जुनार, १६ बोट कागती, जापनिज हलुवाबेत, जापनिज नास्पाती, रैथाने नास्पाति, आँप लगायतका उत्पादन दिदै आएका फलफूल डढेर नष्ट भएका हुन् । लालबहादुरका अनुसार एक बोट जुनारबाट कम्तीमा ५ हजारको आम्दानी हुन्थ्यो । वार्षिक ८ लाख देखि १० लाख रुपैयाँको आम्दानी गर्ने बगैँचा जलेपछि उनी अहिले पीडामा छन ।

    तमाङ र खड्काको पीडामा केहि हद सम्म भए पनि मल्हम लगाउने योजना रामेछाप नगरपालिकाको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख लबश्री न्यौपाने भन्छन– विपद व्यवस्थापन समितिको बैठक बसेको छैन । बैठक बसेर निर्णय गरेपछि मात्रै के–कति सहयोग गर्ने भन्नेबारे बोल्न सकिन्छ ।

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई रामेछापका प्रमु थीरलाल गैरे पनि केहि सहयोग गर्न सक्ने बताउँछन – उनि भन्छन – पीडितको माग र नगरपालिकाको सिफारिसको आएमा अन्य कृषकको योजनाबाट कटौती गरेर भए पनि केहि बजेट व्यवस्थापन गर्न सकिन्छ । तर हामीले दिएको बजेटलाई ५० प्रतिशत मानेर उहाँले पनि कम्तीमा त्यति लगानी गर्नु पर्छ ।

    कार्यविधि अनुसार रोपनीको १ हजार ५ सय सहयोग गर्न सकिने कृषि ज्ञानकेन्द्र रामेछाप–दोलखाकी प्रमुख निर्मला गुरुङ बताउँछिन । गुरुङ भन्छिन– लालबहादुरजीको १६ रोपनी क्षेत्रफलको जुनार खेति जलेर नष्ट भएको छ । तसर्थ उहाँले माग गरेको खण्डमा कार्यविधि अनुसार उहाँलाई २२ हजार ५ सय सहयोग गर्न सकिन्छ ।तर पालिकाले सहयोग गरेमा कृषि ज्ञान केन्दले सहयोग गर्न मिल्दैन ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.