Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ३ सय पर्ने अक्सिजनलाई १ हजार लियो रेडक्रस रामेछापले

    ३ सय पर्ने अक्सिजनलाई १ हजार लियो रेडक्रस रामेछापले

    By सूचनापाना२३ बैशाख २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप। नेपाल रेडक्रस सोसाईटी रामेछापले ३ सय पर्ने अक्सिजनलाई १ हजार लिएको पाईएको छ । सेवामूलक सँस्थाबाट नै आफू ठगिएको नाम नबताउने सर्तमा एक बिरामीका आफन्तले बताएका छन् ।

    SuchanaPana.com

    रेडक्रस रामेछापका महामन्त्री दुर्गाबहादुर श्रेष्ठ अक्सिजन अन्तै बाट किनेकोले १ हजार परेको बताउँछन् । उनि भन्छन्- हामीले अक्सिजन दिने होईन, हामीले त एम्बुलेन्स मात्र दिने हो । अक्सिजन बिरामीकै आफन्तले उपलब्ध गराउनु पर्छ । हामीले अन्तैबाट अक्सिजन किनेको हौँ । जतिमा किन्यौँ उति लियौँ ।

    बिरामीका आफन्त आफैले अक्सिजन खरिद गर्दा पनि सेवाग्राही निकै ठगिएको पाईएको छ । सानो प्रोटेबल अक्सिजन भर्दा साधारणतया २ सय पचास देखि ३ सय सम्म लिने गरेको पाईन्छ । तर रेडक्रस रामेछापले भने १ हजार लिएको पाईएको छ ।

    नेपाल रेडक्रस सोसाईटी रामेछापले आफू सँग सुबिधा सम्पन्न एम्बुलेन्स भएको बताउँदै आएको छ। तर सो सुबिधा सम्पन्न एम्बुलेन्समा  अक्सिजननै पाँईदैन । २०७९ साल जेठमा  रेडक्रस रामेछापले जिल्लामै पहिलो पटक पुर्व अस्पताल सहितको अत्याधुनिक एम्बुलेन्स सेवा संचालन गर्ने दावी गरेको थियो । केन्द्रिय कार्यालयले रामेछाप रेडक्रसका लागि पुर्व अस्पताल सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराएपछि जिल्लाले उक्त सेवा सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको थियो । उक्त एम्बुलेन्स भित्र एक जना स्वास्थकर्मि, विरामीका लागि आवश्यक औषधि र अक्सिजन सहितको सेवा रेडक्रसले उपलब्ध गराउने समेत भनिएको थियो ।

    अमेरिकन रेडक्रसको सहयोगमा केन्द्रिय कार्यालयले २०७९ सालको जेठमा रामेछापलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

    रेडक्रसले अक्सिजनमा लिएको बढि मुल्य बारे जिल्ला प्रशासन कार्यालयले पनि चासो देखाएको छ । रेडक्रस सँग छलफल गरि सेवाग्राहीलाई सुपथ मुल्यमा  अक्सिजन उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताईन । निरौलाले भनिन- सेवाग्राहीलाई ठग्न पाँईदैन, यदि अक्सिजन भरेको ३ सय पर्छ भने यहाँ सम्म ल्याएको भाडा जोडेर रेडक्रसले अक्सिजन दिनु पर्छ । हामी छिट्टै छलफर गरेर मुल्य निर्धारण गर्छौँ ।

    यता रेडक्रस रामेछापले एम्बुलेन्स भाडामा समेत सेवाग्राहीलाई ठग्दै आएको छ । सामान्यतया मन्थली देखि काठमांडौको एम्बुलेन्सको भाडादर ७ हजार छ तर रेडक्रस रामेछापले भने ९ हजार भाडा लिँदै आएको पाईएको छ । नागरिकलाई सेवा दिनका लागि स्थापना गरिएको रेडक्रस जस्तो सेवा दिने संस्थालाई रामेछाप रेडक्रसले कमाई खाने भाँडो बनाउँदै गएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.