Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भुटानी शरणार्थी प्रकरणमा ओलीको जवाफ: हाम्रै पार्टीको भए पनि दोषी भए कारबाही हुन्छ

    भुटानी शरणार्थी प्रकरणमा ओलीको जवाफ: हाम्रै पार्टीको भए पनि दोषी भए कारबाही हुन्छ

    By सूचनापाना२८ बैशाख २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् ।

    SuchanaPana.com

    उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार नै यस्तो काममा लागेको बताएका हुन् ।

    ‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन । कानुन बमोजिम होइन, पारदर्शी होइन । अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले रोक्नै नसक्ने अवस्था आएपछि पछिल्लो पटक भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए ।

    उनले यस प्रकरणमा एमालेमै रहेकाहरूको नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषीलाई कारबाही हुने बताए ।

    ‘हाम्रै पार्टीका साथीहरूको पनि नाम आएको छ । हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुन्छ’, ओलीले भने, ‘तर जबसम्म मानिस दोषी करार हुँदैन । त्यो नहुँदासम्म हामी दोषी करार गर्न सक्दैनौ । हामी हेरिरहेका छौ कसैलाई फसाउने प्रयास पनि भइरहेको छ’, ओलीले पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएकोमा आशङ्का गर्न सकिने बताए ।

    अध्यक्ष ओलीले विपक्षीहरूको मुख थुन्ने प्रयास भएको आरोप लगाउँदै केही दिन पहिला सांसद अमरेशकुमार सिंहमाथि अख्तियारमा परेको उजुरी एक उदाहरण रहेको बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.