Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

    सार्वजनिक खरिद ऐन मिचेर सेवा प्रदायक संस्था छनौट

    By सूचनापाना२८ बैशाख २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप। दोरम्बा शैलुङ्ग गाउँपालिकाले सार्वजनिक खरिद ऐनलाई नै मिचेर सबै भन्दा बढी आर्थिक प्रस्ताव पेश गर्ने संस्थालाई छनौट गरी सम्झौता गर्न सूचना प्रकाशन गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रमको लागि सेवा प्रदायक संस्था मार्फत कार्यक्रम गर्ने गरी सूचना प्रकाशन गरेको र सूचना अनुसार सबै भन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने संस्था छनौट गर्नु पर्ने सार्वजनिक खरिद ऐन २०६३ मा उल्लेख भएपनि उक्त ऐनलाई नै मिचेर कार्यक्रम गर्न प्रस्ताव गरिएको रकम भन्दा बढी रकमको प्रस्ताव पेश गर्ने संस्था छनौट गरेको हो ।
    गाउँपालिकाले २०७९ साल चैत्र २७ गते सूचना प्रकाशित गरी गाउँपालिकामा सूचीकृत भएका संस्थालाई शिलबन्दी आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्न भन्दै सूचना प्रकाशन गरेको थियो । सोही सूचना अनुसार सहकार्य नेपाल सिन्धुलीले भ्याट सहित १२ लाख ९२ हजार ९ सय २२ रुपैयाँ, ग्रामिण विजनेश प्रमोशन प्रा.लि. रामेछापले भ्याट सहित १२ लाख ४१ हजार ५ सय ३६ रुपैयाँ र उद्यम विकास सेवा समाज रामेछापले भ्याट बाहेक १२ लाख ३४ हजार ५ सय ५२ रुपैयाँ बराबरको आर्थिक प्रस्ताव पेश गरिएको आर्थिक प्रस्ताव खोल्दाको मुचुल्कामा उल्लेख छ ।

    SuchanaPana.com

    आर्थिक प्रस्ताव पेश गर्ने तीन संस्था मध्ये आर्थिक प्रस्ताव खोल्दा तयारी गरिएको मुचुल्कामा सहकार्य नेपाल सिन्धुली र ग्रामिण विजनेश प्रमोशन प्रा.लि. रामेछापको भ्याट सहितको रकम उल्लेख गरिएको छ भने उद्यम विकास सेवा समाज रामेछापको भ्याट बाहेकको रकम उल्लेख गरिएको छ । उद्यम विकास सेवा समाज रामेछापको जम्मा रकममा १३ प्रतिशत भ्याट जोड्दा १३ लाख ९५ हजार ४० रुपैयाँ २५ पैसा हुन आउँछ । उद्यम विकास सेवा समाज रामेछापले पेश गरेको आर्थिक प्रस्तावको रकम गाउँपालिकाले कार्यक्रम गर्नको लागि छुट्याएको रकम भन्दा बढी रकम हुने देखिन्छ ।
    तर, गाउँपालिकाले मिति २०८० साल बैशाख १४ गते सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ को उपदफा ७(५) अनुसार न्यूनतम मूल्याङ्कत आर्थिक प्रस्ताव पेश गर्ने संस्थालाई छनौट गरिएको उल्लेख गर्दै सबै भन्दा बढी रकम प्रस्ताव गर्ने उद्यम विकास सेवा समाज रामेछापलाई ७ दिन भित्र सम्झौता गर्न आउन भनेको छ ।

    यस्तो उल्लेख छ सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ को उपदफा ७ मा
    (७) मा न्यूनतम बोल अङ्क कबूल गर्ने बोलपत्रको बोलपत्रदाताको योग्यता उपदफा (५) बमोजिम जाँच गर्दा बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित योग्यता मूल्याङ्कनका आधार अनुरुप भएको पाईएमा त्यस्तो बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्र मानिनेछ । यसरी जाँच गर्दा त्यस्तो बोलपत्रदाताको योग्यता बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित मूल्याङ्कनका आधार अनुरुप भएको नपाइएमा निजको वोलपत्र मूल्याङ्कनबाट हटाई क्रमशः अर्को न्यूनतम बोल अङ्क कबुल गर्ने बोलपत्रदाताको योग्यताको जाँच सोही आधारमा गर्नु पर्नेछ ।
    सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ को उपदफा ७ अनुसार छनौट गरिएको भए भ्याट सहित सबै भन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने संस्था ग्रामिण विजनेश प्रमोशन प्रा.लिले पाउनु पर्ने भएपनि सार्वजनिक खरिद ऐनलाई ख्यालै नगरी संस्था छनौट गरिएको गाउँपालिकाका विभिन्न निर्णय र सूचनाले प्रमाणित गर्दछ ।

    संस्थालाई नै छैन जानकारी

    कार्यक्रम गर्नको लागि प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न भनिएको संस्था मध्ये ग्रामिण विजनेश प्रमोशन प्रालिलाई छनौट भएको वा नभएको जानकारी दिनु पर्ने भएपनि हाल सम्म आधिकारिक रुपमा कुनै जनकारी नआएको ग्रामिण विजनेश प्रमोशन प्रालिका प्रतिनिधिले बताए ।

    फोकल पर्सनलाई नै छैन जानकारी
    दोरम्बा शैलुङ गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम गर्नको लागि गाउँपालिमा कार्यररत उज्वल पाठकलाई फोकल पर्सन तोकेको थियो । ग्रामिण विजनेश प्रमोसन प्रालिका प्रतिनिधिले बैशाख १५ गते फोकल पर्सनलाई सम्पर्क गर्दा १५ गतेको मिति सम्म कुनै प्रकृया अगाडि नबढेको बताएका थिए । तर, प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको मिति, संस्था छनौट भएको र सम्झौता गर्नलाई सूचना जारी गरिएको मिति भने १५ गते अगाडिकै भएका पनि यो काम पूर्ण रुपमा सेटिङमा भएको हुन सक्ने ग्रामिण विजनेश प्रमोशन प्रालिका कार्यक्रम अधिकृत युवराज सुवेदीले बताए । बैशाख १७ गतेबाट फोकल पर्सन पाठकले राजिनामा दिएर गाउँपालिका नै छोडीसकेका छन् ।
    यस बारेमा दोरम्बा गाउँपालिकाको आधिकारिक जवाफ लिनका लागि प्रमुख प्रशासकीय अधिकृत पुष्पलाल धमला 9854066600 नम्वरमा बारबार फोन गर्दा फोन उठेन ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.