Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सुनकोशी नदीमा विपद् उद्धारको पूर्वतयारी अभ्यास

    सुनकोशी नदीमा विपद् उद्धारको पूर्वतयारी अभ्यास

    By सूचनापाना३० बैशाख २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । मनसुनको समयमा बाढी, पहिरोमा परेर फसेका तथा डुबेकाहरुलाई चोखिम उद्धार गरिने पूर्वतयारीको अभ्यास गरिएको छ । जिल्ला विपत् ब्यवस्थापन समितिले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका १० सुकुटे स्थित सुनकोशी नदीमा आयोजना गरेको कृतिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा विपद् उद्धारको पूर्वतयारी अभ्यास गरिएको हो ।

    SuchanaPana.com

    मनसुनजन्य विपदको हिसावले ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात अगावै पूर्वभ्यास गरिएको हो । अभ्यासको क्रममा सुनकोशी नदीमा एक्कासी बाढी आई खेतमा काम गरिरहेका दुई जना कृषकलाई बगाएको, स्थानीयले प्रहरीलाई खवर गरेको र प्रहरी तथा उद्धार टोलीले उद्धार गरिएको घटनाको काल्पनिक दृश्य देखाईएको थियो । साथै पहिरोमा फसेका तथा डुङ्गा पल्टिएर नदीमा फसेकाहरुको उद्धारको पनि सफल उद्धार गरिएको अभ्यास भएको छ ।

    सिन्धु पर्यटन ब्यवसायी संघको सहयोग, जिल्ला विपद ब्यवस्थापन समितिको आयोजना र तीनै वटा सुरक्षा संयन्त्रको सहकार्यमा भएको अभ्यासमा नेपाल रेडक्रस सोसाईटी, स्वास्थय कार्यालय र चौतारा नगरपालिका स्वास्थ्य शाखाले अभ्यासको क्रममा उद्धार गरिएका घाईतेहरुलाई प्राथमिक उपचार तथा अस्पताल सम्म पु¥याउने अभ्यासमा सक्रिय देखिएका थिए ।

    विपद्ग्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा मनसुनको सुरुवात पूर्व नै पूर्ण रुपमा पूर्व तयारीका काम भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । विपद् पूर्वानुमा तथा प्रतिकार्य योजनामा जिल्ला विपत् ब्यवस्थापन समितिले चरणवद्ध कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारि दिए । कृतिम घटना अभ्यास कार्यक्रममा विपद्मा सही सूचना प्रदान गर्न, विपत् निम्तने विकासका काम रोक्न पर्ने नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्यले आफ्नो धारण व्यक्त गरेका थिए । साथै स्थानीय विपद् ब्यवस्थापनलाई थप प्रभावकारी वनाई स्थानीय आपतकालिन संचालन केन्द्र संचालनमा जोड दिन उनले आग्रह समेत गरे । कार्यक्रममा विकासको मापदण्ड अवलम्वन तथा अनुगमनमा जोड दिने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.