Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिनै मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

    सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिनै मन्त्रिमण्डल विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

    By सूचनापाना६ जेष्ठ २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    धनगढी । सरकार गठन भएको १०१ दिनपछि सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ। नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्री थपिएका हुन्। तर दुई मन्त्रालय दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टी भने सरकारमा गएको छैन।

    SuchanaPana.com

    मुख्यमन्त्री कमलबहादुर शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन्। उनी बझाङबाट प्रदेशसभा सदस्य हुन्। नेपाली काग्रेसबाट मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश बहादुर देउवा यसअघि नै मन्त्री छन्।

    नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीता देबी माल नियुक्त भएका छन्। साउद अछामबाट, धामी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित हुन् भने गीता देबी माल डडेल्धराबाट समानुपातिक प्रदेशसभा सदस्य हुन्।

    तीन जना मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्। नेकपा एकीकृत समाजवादीबाट बाजुराका नरेश बहादुर शाही आर्थिक मामिला मन्त्री छन्। तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले भने सपथ लिएन। नागरिक उन्मुक्ति पार्टीको भागमा भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय राखिएको छ।

    तर उन्मुक्तिले दुई मन्त्रालय नदिदासम्म सरकारमा नजाने अडान राखेको छ। तीन मन्त्रालय दाबी गरेको माओवादी दुई मन्त्री र एक राज्यमन्त्रीमा झरेको थियो। शुक्रबार हुने भनिएको सपथ नागरिक उन्मुक्तिकै कारण शनिबारका लागि सरेको थियो। तर उन्मुक्तिले शनिबार पनि एक मन्त्रालय दिने भए सरकारमा नजाने भनेपछि मुख्यमन्त्रीले सरकार विस्तार गरेका हुन्।

    ‘नागरिक उन्मुक्तिका लागि हामीले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुरक्षित राखेका छौं, शुक्रबार उनीहरूले एक दिनको समय मागेका कारण हामीले हिजै हुने भनिएको सपथ कार्यक्रम आजका लागि सारेका हौं,’ मुख्यमन्त्री शाहले भने। ‘हामीलाई आशा छ, छिट्टै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुनेछ।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.