Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मनोहराको अतिक्रमित संरचनामा चल्यो एकीकरण आयोजनाको डोजर

    मनोहराको अतिक्रमित संरचनामा चल्यो एकीकरण आयोजनाको डोजर

    By सूचनापाना९ जेष्ठ २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।

    SuchanaPana.com

    आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन ।

    अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै घर टहरा हटाउन निर्देशन दिँदा पनि अटेर गरेकाले आज डोजर चलाएको उपनिर्देशक बरालले जानकारी दिए । ‘जसले आयोजना अन्तर्गतको जग्गा हडपेर बसेको छ, उसलाई हामीले साविकमा जहाँ उक्त व्यक्तिको जग्गा रहेको हो, त्यहिँ जग्गा दिएका थियौं तर उहाँहरुले आयोजना अन्तर्गत रहेको जग्गामा नै दाबी गरेपछि डोजर लगाएर हटाएका हौं,’ बरालले भने ।

    बरालका अनुसार टहरा धनीको जग्गा अयोजनासँगै जोडिएको भए पनि आयोजनामै टहरा धनीले दाबी गरिरहेका छन् ।

    आयोजनाले बुधबार (भोलि) काठमाडौं महानगरपालिका क्षेत्रतर्फ आयोजनाको जग्गा अतिक्रमण हटाउन माइकिङ गर्ने भएको छ । ‘आज मध्यपुर ठिमी तर्फ भयो, काठमाडौं क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउनुपर्ने छ, भोलि माइकिङ गर्छौं, टेर्नुभएन भने डोजर लगाउनुपर्ने हुन्छ ।’ महानगरपालिकाले काठमाडौंको माइतीघर क्षेत्रमा डोजर चलाउने तयारी गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.