Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन सांसद सिंहको चेतावनी

    अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन सांसद सिंहको चेतावनी

    By सूचनापाना१४ जेष्ठ २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन चेतावनी दिएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा पुनः सशस्त्र संघर्ष सुरु हुनसक्ने तर्फ सचेत गराएका हुन् ।

    SuchanaPana.com

    २०५१ सालमा दलहरूको दम्भले विचारलाई दमन गर्दा जनयुद्ध भएको स्मरण गराउँदै अहिले सोही दम्भ दलहरूमा देखिएको जिकिर गरे । उनले यसअघि जनयुद्ध गरेर आएका नेताहरूलाई आफ्नो इतिहास नभुली सत्ताको खेलमा नलाग्नसमेत सुझाव दिए ।

    उनले संसदीय समितिहरूमा सबैको प्रतिनिधित्व नगरिएकोमा आपत्ति जनाए । ‘समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्छ, त्यो हुन सकेन,’ सिंहले भने, ‘म यसको घोर भर्त्सना गर्दछु ।’

    सिंहले देशका प्रमुख पदहरूमा समावेशिता लागू हुन नसकेकोमा पनि दुःख व्यक्त गरे । उनले भने, ‘देशको ऐनाको राष्ट्रपति हो, राष्ट्रिय सभा र संसद्का सभामुख हो, प्रधानमन्त्री हो, राष्ट्र बैंकका गभर्नर, सेना, प्रहरीका प्रमुख हुन् । तर त्यहाँ हेर्नुहोस् कुन समुदायको प्रतिनिधित्व हुँदैछ । यही समावेशी सिद्धान्त हो ? यो त ठगी हो ।’

    उनले २०४८ सालदेखि सिन्डिकेट प्रणालीबाट सरकार चलिरहेको र अझै यहाँ यहाँ सिन्डिकेट प्रणाली लागू गर्न खोजिएको आरोप लगाए । ‘संसद् विचारको प्रतिनिधित्व गर्ने थलो हो, सङ्ख्याको मात्र होइन,’ सिंहले भने, ‘दलहरूमा कसरी मुखमा टेप लगाइन्छ त्यसको म भुक्तभोगी छु । किनभने तीन चोटि दलको सांसद म भएको थिएँ । तर यहाँ जनताको प्रतिनिधित्व गर्न पाइँदैन, मात्र दलको प्रतिनिधित्व गर्न पाइन्छ ।’

    सिंहले अब कर्मकाण्डी तरिकाले राजनीति अघि बढाउँछु भन्ने सोच त्याग्न दलहरूलाई चेताए । आज स्वतन्त्र सांसद र साना दलले संसद्को गरिमा धानिरहेको उनले दाबी गरे । उनले भने, ‘आज संसद्मा स्वतन्त्र पार्टी र राप्रपा नभएको भए संसद्को गरिमा कायम गर्न धौ-धौ हुन्थ्यो, किनभने यहाँ बोल्ने मान्छे नै हुँदैन थियो ।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.