Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » किसानको प्रश्‍न : सरकारले बाँदर बचाउने हो कि मानिस ?

    किसानको प्रश्‍न : सरकारले बाँदर बचाउने हो कि मानिस ?

    By सूचनापाना१५ जेष्ठ २०८०, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    तनहुँ । बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।

    SuchanaPana.com

    “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनले गुनासो गरिन्, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन् ।

    “दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उनले भनिन् । तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन् । बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ ।

    रानाले मौरीपालनसँगै दालचिनी खेती गरेकी छन् । दालचिनीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । उनले भने, “बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ । तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।”

    बाँदरले खेतीपाती मात्र नभई घर–घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनले बताइन् । उनले भनिन्, “हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनौँ तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस् ।” उहाँले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गरिन् ।

    बन्दीपुर गाउँपालिका–३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान छन् । बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ । “बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने ?”, उनले भने, “ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्‍यो ।”

    खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ । “बाँदर आतङ्कले आजित भइसक्यौँ, खै कसले हाम्रो पीडा सुनिदिने हो”, उनले भने, “नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो ।” बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उहाँको माग छ ।

    बन्दीपुर गाउँपालिका–२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए । उनले भने, “वर्षभरि दुःख गरेर खेती गर्‍यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ । दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ । जग्गा बाँझो हुने क्रम बढेको छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ ।

    व्यास नगरपालिका–१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ । अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ । “बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन”, उनले भनिन् ।

    व्यास नगरपालिका–६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गरिन् । उनले भनिन, “मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो ।”

    शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए । “बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र ?”, उनले भने, “कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै ?”

    भानु नगरपालिका–४ का अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राखिन् । “दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै ?”, उनले भनिन् ।

    बाँदर आतङ्कबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउँछन् । उनले भने, “सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ ।” तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उहाँले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे ।

    “चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ । बाँदरले घर–घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ”, उनले भने, “अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर ? सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।” रासस

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.