हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
१६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजुलाई रु २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकार हुन् । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल छन्।
अहिले कसजू सर्वपक्ष राष्ट्रिय दैनिक, जुगलखबर डटकम र सिन्धु सन्देश साप्ताहिकका सम्पादकर प्रकाशक हुन् ।
