Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गणतन्त्र जोखिममा रहेको गणतन्त्रवादी दलहरूको धारणा

    गणतन्त्र जोखिममा रहेको गणतन्त्रवादी दलहरूको धारणा

    By सूचनापाना१५ जेष्ठ २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मुलुकमा गणतन्त्र ल्याउन एक जुट भएका जनता तथा राजनीतिक दलहरू गणतन्त्रको विरुद्धमा देखिन थालेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् ।

    SuchanaPana.com

    यो चुनौतीलाई परास्त गर्न र गणतन्त्रलाई थप संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने नेपालले बताएका हुन् । नेपालले गणतन्त्रको विकल्पमा अन्य कुनै पनि विकल्प नहुने भएकाले अहिलेकै व्यवस्थालाई थप मजबुद बनाएर जानु पर्नेमा जोड दिए ।

    त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका आम नागरिकले समान रूपमा शासन गर्न पाउने पद्धति नै गणतन्त्रको सुन्दर पक्ष भएकाले यही पद्धतिको सबै अधिकार आम नागरिकले सहज रूपमा अनुभूति गर्न पाउने गरी गणतन्त्रको कार्यान्वयन गर्न सबै दल एक हुनु पर्ने बताए ।

    गणतन्त्र स्थापना नेपालको इतिहासको एउटा महत्त्वपूर्ण घटनाको रूपमा रहेको बताउँदै रैतीबाट जनता बनाउने गणतन्त्र स्थापनाले मुलुकमा ठुलो परिवर्तन भएकोले गणतन्त्रलाई थप मजवुद बनाएर जानु पर्ने नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले भने – गणतन्त्रले बोकेका मर्म अनुरूप विकास हुँदै गएको भए पनि गणतन्त्रबाट जनताले अपेक्षा गरेका धेरै कुराहरू पूरा हुन नसकेको जनगुनासो आम नागरिकहरूले गर्न थालेको प्रतिक्रिया दिँदै जनगुनासोलाई सम्बोधन गर्न गणतन्त्रवादी राजनीतिक दलहरू एक हुनु पर्छ ।

    नेपालको गणतन्त्र निकै लामो सङ्घर्षबाट प्राप्त भएको पद्धति भएको बताउँदै नेपालका लागि यो भन्दा उत्तम पद्धति कुनै पनि नहुने नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले बताए । उनले भने- गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा हुँदा पनि गणतन्त्रको बारेमा समाजलाई बुझाउन नसक्नु गणतन्त्र बादी दलहरूको कमजोरी भएको हो । अब गणतन्त्रलाई जनतासँग जोड्ने अभियान चलाउन आवश्यक छ ।

    मुलुकको विकास र प्रजातन्त्रलाई अगाडी बढाएर गणतन्त्रलाई संस्थागत गर्दै दलहरू अगाडि बढ्नु पर्ने पूर्व उपप्रधानमन्त्री समेत तथा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले बताईन् ।

    अन्तरक्रिया कार्यक्रममा पूर्व राज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठ (कुशल), नेपाली काँग्रेस रामेछाप जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्की, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य झम्क कँडेल, नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गाबहादुर श्रेष्ठ, नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी लगायतले गणतन्त्र स्थापनाको १५ वर्ष र गणतन्त्रमा देखिएका चुनौतीको बारेमा आफ्नो धारणा राख्दै गणतन्त्रलाई संस्थागत गर्न सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखे ।

    राजनीतिक दलहरूले गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्नेमा जोड दिएका छन् । १६ औँ गणतन्त्र दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले आयोजना गरेको गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रियामा आफ्नो भनाई राख्ने क्रममा गणतन्त्रवादी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले मुलुकमा गणतन्त्र आएको डेढ दशक हुँदा पनि गणतन्त्र संस्थागत हुन नसक्दा गणतन्त्रमाथि चुनौतीहरू देखिएकाले चुनौतीहरूलाई सामना गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने धारणा राखेका हुन् ।

    गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले गणतन्त्र स्थापनाको १५ वर्ष हुँदा पनि आम नागरिकले गणतन्त्रको अनुभूति गर्न नसकेको प्रतिक्रिया दिँदै गणतन्त्रमाथि देखिएका चुनौतीलाई परास्त गर्न आवश्यक रहेकाले गणतन्त्र र वर्तमान चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए ।

    गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनकी उपाध्यक्ष खमला थापामगरले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । फाउण्डेशनको कार्य सम्पादन समितिको सदस्य कल्पना खड्का कार्कीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिइन् ।
    केन्द्रीय वक्ताहरूले भिडियो सन्देश मार्फत आ-आफ्नो भनाई राखेका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.