रामेछाप । तामाकोशी नदिको किनारमा एक पुरूषको शव फेला परेको छ ।
जिल्लाकाे मन्थली नगरपालिका वडा नं.७ ढिकुरी मन्दिर स्थित तामाकोशी नदिको किनारमा बिहीवार बिहान करिब ६ बजे पानीको सतहमा तैरिरहेको अवस्था एक पुरूषको शव फेला परेको हाे ।
करिव ४०र४५ वर्षको देखिने उक्त मृतक पुरूषको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
