Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ

    लागूऔषधको प्रयोग स्वस्थ समाज निमार्णको लक्ष्यमा बाधा बन्दै : गृहमन्त्री श्रेष्ठ

    By सूचनापाना११ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले लागू औषधको प्रयोगले स्वस्थ, सभ्य र अपराध मुक्त समाज निमार्ण गर्न चुनौती सिर्जना गरेको बताएका छन् ।

    SuchanaPana.com

    लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, समाज र राष्ट्रको लागि हानिकारक भएको भन्दै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्ने बताए ।

    उनले भने, लागू औषधको उपयोग, कारोबार र वृद्धि चिन्ताजनक छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा, व्यक्ति समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसबाट समृद्ध राष्ट्र निमार्णको राष्ट्रिय लक्ष्यमा समेत बाधा पुग्छ । स्वस्थ, सभ्य, अपराध मुक्त समाज निमार्ण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न यसले थप चुनौती सिर्जना गरेको छ ।

    गृहमन्त्री श्रेष्ठले जनताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न लागू औषधको उत्पादन, निर्माण, खरिद बिक्री, सञ्चय, ओसार पसार, सेवन तथा निकासीमा नियन्त्रण गर्न गृह मन्त्रालयले लागू औषध ऐन २०३३ लाई कार्यान्वयनको नेतृत्व गरिरहेको उल्लेख गरेका छन् ।

    उनले २०२३ लगायत अन्य थुप्रै नीति, ऐन तथा कार्ययोजनाहरुमा लागूऔषधको माग घटाउने र आपूर्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए ।

    उनले भने, लागू औषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र रणनीति २०६६ लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुन:स्थापन केन्द्र सञ्चालन निर्देशिका २०७५, लागू औषधको मौखिक प्रतिस्थापन उपचार केन्द्र सञ्चालन निर्देशिका २०७०, लागू औषध नियन्त्रण राष्ट्रिय पयिोजना २०७९, ८४ र अन्य निर्देशिका स्वीकृत गरी कार्यान्वयन भइरहेको छ । नीति तथा कार्य योजनाले खासगरि लागूऔषतको माग घटाउन र आपूर्ति नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।

    यस्तै, उनले लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहु सरोकारको विषय भएको हुँदा लागूऔषधको उत्पादन बिक्री वितरण, उपचार तथा पुन:स्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुन स्थापना र जनचेतनालाई अभियानको रुपमा सञ्चालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रूपमा सञ्चालन गर्न आवश्यक भएको बताए ।

    उनले भने, कानून, नीति र रणनीतिहरूलाई समसामयिक रूपमा संशोधन गर्न मन्त्रालयले काम सुरुवात गरेको छ । लागू औषध दुरुपयोग, रोकथाम र नियन्त्रणको विषय बहु सरोकारको विषय भएको हुनाले सरोकारवाला निकाय
    सहकार्यबाट लागूऔषधको उत्पादन बिक्री वितरण, उपचार तथा पुर्नस्थापना, जोखिम न्यूनीकरणको सामाजिक पुर्नस्थापना र जनचेतनालाई अभियानको रूपमा सञ्चालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूल रूपमा सञ्चालन गर्न आवश्यक छ । यसको नियन्त्रणमा आवश्यक काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.