Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » गोकुलगंगाको नीति तथा कार्यक्रम ‘कोल्ड ड्रिङस भगाऊँ, दही मोही खाऊँ ’

    गोकुलगंगाको नीति तथा कार्यक्रम ‘कोल्ड ड्रिङस भगाऊँ, दही मोही खाऊँ ’

    By सूचनापाना११ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले पालिकाले आगामी आर्थिक वर्षका लागि सुशासन,सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्ट्राचार नियन्त्रण, उत्पादन र रोजगारीमा वृद्धि, पर्यावरणीय सन्तुलन जस्ता विषयहरू प्रमुख प्राथमिकतामा राखेको बताए ।

    SuchanaPana.com

    नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै सबै खाले अनियमितता, भ्रष्ट्राचार, कर छली, कृत्रिम अभाव कालो बजारी, व्यावसायिक एकाधिकार जस्ता क्रियाकलापलाई निस्तेज पार्नका लागि पालिकाले सबै खालको उपाय अवलम्बन गर्ने जानकारी गराए ।

    जनताबाट आउने गुनासोलाई प्रभावकारी रूपमा सुनुवाइ गरी उचित दण्ड सजाय र कानुनी उपचार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैसरि कृषि तर्फ गाई भैँसी पालनको कामलाई प्रोत्साहन गरी दूधजन्य पदार्थको खपत र बजारीकरणका लागि ‘कोल्ड ड्रिङस भगाऊँ, दही मोही खाऊँ ’को नारालाई सार्थक बनाउन गाउँपालिका भित्रने चिसो पेय पदार्थको आयातलाई बिस्तारै निरुत्साहित गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    नीति तथा कार्यक्रमका अनुसार गाउँपालिका तथा वडा कार्यालयहरूमा समेत गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारी तोकी मोबाइल गभर्नेन्सको व्यवस्थाका साथै हेलो स्थानीय सरकार सञ्चालनको व्यवस्था मिलाइने, सर्व सुलभ र गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाउन विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने कामलाई पनि प्रोत्साहन गरिने छ ।

    बढ्दो शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्न तथा हाम्रो स्कुल राम्रो स्कुल अभियान अन्तर्गत विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी न्यून रहेका सामुदायिक विद्यालयहरूमा स्वयम सेवक शिक्षकको रूपमा विषयगत दक्ष शिक्षकको व्यवस्था मिलाइ विद्यालय सञ्चालन र पठन पाठनको प्रबन्ध मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    स्वास्थ्य संस्थामार्फत सबै वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सहितको स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै अशक्त: असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

    गोकुलगंगा गाउँपालिकाले ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’ अभियान अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम र निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनसँग प्रत्यक्ष जोडिने खालका रोजगार, उद्यमशीलता र सीप विकास तालिम सञ्चालनको व्यवस्था मिलाइने छ ।

    साथै निजी एवम् खाली पर्ती जग्गामा कृषि खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गरी रोजगारीको व्यवस्था मिलाइने, हाम्रो उत्पादन हाम्रो अभियान अन्तर्गत एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीति मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको आधारशिला निर्माण गरिने छ ।

    त्यसैसरि गाउँपालिकाभित्र रहेका पाँच पोखरी जट्टापोखरी, ताँबेडाँडा, भिमसेनथान, बोहोरीगंगा, शिवालय जस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक स्थलहरूलाई धार्मिक पर्यटन सँग जोड्दै सङ्घ, प्रदेश र निजी क्षेत्रसँगको सहकार्यमा ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ कार्यक्रम सञ्चालन गर्ने नीति पनि पालीकाले लिएको छ । साथै पालिकाले यसअघि कार्य सम्पन्न नभएका पुराना कार्यक्रमहरूलाई पनि निरन्तरता दिने नीति लिएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.