Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला ?

    इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला ?

    By सूचनापाना१३ श्रावण २०८०, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । ‘हाम्रो इलाका प्रशासन कार्यालयमा लागेको ताला कहिलेसम्म खोल्ने हो ? कार्यालय कहिलेसम्म सञ्चालनमा ल्याउने हो ?

    SuchanaPana.com

    तपाईँहरूले निर्णय गरिदिनु पर्‍यो’, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जिल्ला प्रशासन कार्यालयले राखेको सर्वदलीय, सर्वपक्षीय बैठकमा आक्रोशित हुँदै भने ।

    रामेछापको एक मात्र लाप्चाने इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला लागेको छ । दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको कार्यालयमा कर्मचारी नजाँदा ६ वर्षदेखि कार्यालय खुलेको छैन । ‘अरूको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय, आफ्नो मातहतको कार्यालय चाहिँ ६ वर्षसम्म ताला लगाएर राख्न मिल्छ ?’, सुनुवारको प्रश्न छ ।

    सो कार्यालयमा गृह मन्त्रालयले कर्मचारी पनि खटाएको छ । तर कर्मचारी जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेर काम गरिरहेका छन् ।

    गाउँमा इलाका प्रशासन कार्यालय राखिएको छ तर जिल्लाको उत्तरी भेगको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका नागरिक नागरिकता लगायतका कागजात बनाउन एक दिनको जोखिमपूर्ण यात्रा गरेर सदरमुकाम पुग्नु पर्छ । त्यसरी काम लिएर सदरमुकाम आउँदा जोखिमपूर्ण यात्रा मात्र होइन सर्वसाधारणको खर्च पनि त्यतिकै हुने अध्यक्ष सुनुवार बताउँछन् ।

    ‘उमाकुण्डको गुम्देलबाट मन्थली आएको गाडी भाडा मात्रै २ हजार रुपैयाँ लाग्छ, आउँदा जाँदा गाडी भाडा मात्रै ४ हजार लाग्छ, नागरिकताको काममा आउँदा एक जनाको १० हजार रुपैयाँ खर्च हुन्छ, नागरिकलाई यसरी दुःख दिएर हामीले कसरी सङ्घीयता जोगाउन सक्छौँ ?’, सुनुवारले दुखेसो गरे ।

    जिल्लाको उत्तरी भेगका सेवाग्राहीलाई सेवा दिन २०७३ सालमा हालको उमाकुण्ड गाउँपालिकाको लाप्चानेमा इलाका प्रशासन कार्यालय स्थापना गरियो । स्थापना गरेको करिब एक वर्ष कार्यालयले काम गरेपनि त्यस पछि सो कार्यालयमा ताला लागेको छ । अपायकमा कार्यालय रहेको र सेवाग्राही कम आउने भन्दै त्यहाँ कर्मचारी जान मान्दैनन् ।

    गाउँपालिकाले पालिकाको केन्द्रमा नै इलाका प्रशासन कार्यालय सारिदिन पटक पटक अनुरोध गरेपनि सरकारले सुनुवाइ नगरेको अध्यक्ष सुनुवारले बताए । गाउँ सभाले इलाका प्रशासन कार्यालय तथा मालपोत र नापी कार्यालयको शाखा गाउँ पालिका केन्द्रमा राखिदिन अनुरोध गर्ने सिफारिसका साथ निर्णय गरेको छ । तर केन्द्र सरकारले निर्णय गरेको छैन । त्यसमा मौन छ । ‘ती कार्यालयको लागि गाउँपालिकाले छुट्टै भवन नै बनाएर राखेको छ, तर केन्द्र सरकार मान्दै मान्दैन, नागरिक हामीलाई कराउँछन्’, सुनुवारले भने ।

    सो विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएकी हुन् । बैठकमा अधिकांश सहभागीले गाउँपालिकाको केन्द्रमा नै इलाका प्रशासन कार्यालय राख्नु उचित हुने सुझाव दिनुभयो । तर केही सहभागीले सोही गाउँपालिकाको बाम्ती भण्डारमा कार्यालय राख्न सुझाव दिनुभयो । बाम्तीमा कार्यालय नराख्ने हो भने थप तयारी सहित छलफल गर्नुपर्ने उहाँहरूले अडान राखेपछि थप तयारी सहित निष्कर्षमा पुग्नु पर्ने भन्दै छलफलको लागि जिल्ला प्रशासन कार्यालयले समय दिएको छ । ‘उहाँहरूले समय माग्नु भएको छ, साउनको १५ भित्र बैठक बसेर एउटा निचोडमा पुग्छौँ’, प्रमुख जिल्ला अधिकारी निरौलाले भनिन् ।

    इलाका प्रशासन कार्यालयका अधिकृत अहिले सरुवा भएर गएकाले उनी नआउँदासम्म कार्यालय सञ्चालन गर्न नसकिने निरौलाको भनाई छ । त्यति बेलासम्म राजनीतिक सहमति गरेर केन्द्रमा सिफारिस गर्ने उनले बताइन् ।-नेपाल न्यूज बैंक

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.