Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बाँदरसहित यी १६ जनावरले खाएको बालीनालीको सरकारले क्षतिपूर्ति दिने

    बाँदरसहित यी १६ जनावरले खाएको बालीनालीको सरकारले क्षतिपूर्ति दिने

    By सूचनापाना१७ श्रावण २०८०, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक(पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ ।

    SuchanaPana.com

    सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो ।

    १ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जङ्गली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो । अब यसलाई विस्तार गर्दै १६ वटा जनावर पुर्‍याइएको हो ।

    बाँदरको आक्रमणबाट मानिस सामान्य घाइते, गम्भीर घाइते वा मृत्यु भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’को प्रावधान अनुसार सबै क्षतिपूर्ति पाइनेछ । अर्थात् वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार २० हजार क्षतिपूर्ति दिइने भएको हो । गम्भीर घाइते भएमा २ लाख रुपैयाँसम्म रकम दिने र २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने छ ।

    अङ्‍गभङ्‍ग भई जीवनभर शारीरिक रूपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ दिइने भएको छ । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने छन् । गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिन भित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउनेछन् ।

    बाँदरले बालीनालीमा क्षति गरेमा समेत अब क्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ । बालिको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्याङ्कनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.