Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ

    बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ

    By सूचनापाना२४ भाद्र २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो ।

    SuchanaPana.com

    इतिहास हेर्ने हो भने दोस्रो विश्व युद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरायो र त्यहीँबाट छुटेपछि उहाँले इ.स.१९४७ मा “नेपाली राष्ट्रिय काँग्रेसको” स्थापना गर्नु भयो जुन आजको दिनमा “नेपाली काँग्रेस” रहेको छ ।

    नेपालको राजनीतिक आन्दोलनको अग्रपङ्क्ति नेतृत्वमा बि.पी. हुन्थे, उहाँले विराटनगर मजदुर आन्दोलन,नेपाल मा राणा शासनको अन्त्य साथै नेपाल मा बहुदलीय प्रजातन्त्रको स्थापनामा उहाँको योगदानको रहेकै कारण बिपीलाई काँग्रेसले मात्रै नभएर समग्र देशवासीले श्रद्धा गर्ने गर्छन् ।

    नेपालको राजनीतिक अस्थिरतामा बि.पी. को आदर्श,मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ । नेपालको राजनैतिक मात्रै नभै नेपाली साहित्यमा समेत बिपीको योगदानको सम्झना गरिन्छ । साहित्यमा उहाँको कृतिहरू तीन घुम्ती, सुम्निमा , नरेन्द्र दाइ, मोदिआइन,
    हिटलर र यहूदी र बाबु,आमा र छोरा उपन्यासहरुको चर्चा हुने गर्छ ।

    नेपाली साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तित्वको श्रेय पनि जान्छ गर्छ ।

    बिपी भन्नु हुन्थ्यो -“जीवन नै एक सुनिश्चित जोखिम हो , जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ ! मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ! मेरो राजनीतिक जीवन खुलेको पाना हो मलाई आफ्नो सम्बन्धमा सफाइ दिइरहने आवश्यकता ठान्दैन । यी हरफहरूले बिपीको आदर्श र जीवन बुझ्न धेरै हद सम्म सार्थक हुने जानकार बताउँछन् ।

    उनका भनाइहरू – “प्रजातन्त्र बिना देश रहँदैन! राष्ट्रियता माटो हैन जनताको सामूहिक भावना बिचार हो!”
    यदि हामीले केबल राष्ट्रियताको चर्चा गर्छौ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौ भने अधिनायक वादका पक्ष धर हुने छौ!र यदि प्रजातन्त्रको चर्चा गरेर र राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौ भने हामी विदेशी तत्त्व को हतियार बन्न सक्छौ !

    आजको दिनमा सम्झिदै गर्दा बि.पी. को हरेक एक शब्दमा वजन छ ,दम छ ,धेरै कुरा सिक्न सकिन्छ। जस्तै उहाँले भन्नु हुन्थ्यो -” म भन्दा धेरै दुख पाएका र यातना सहेका ,त्याग गरेका ,तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ छन्, म त चिनिएको हु अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन जसलाई कसैले चिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति सहिदहरू भए आजको उत्साहको दिनमा हामीहरूले तिनलाई सम्झिनु पर्छ जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म यानि कि तपाई हरूको बि.पी. उभिएर तपाईँहरू सँग केही भन्न पाइरहेको छ”

    बिपी भन्नुहुन्थ्यो – “म कुनै आर्थिक विशेषज्ञ त होइन तर जुन विकासले ग्रामीण जनता लाई पछाडि छोडी दिन्छ त्यो विकास विकास नै होइन”

    मेरो बिचारमा सहर को सुविधा मात्र हेर्ने गाउँको बेवास्ता गर्ने विकास हुनै सक्दैन , किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो । आजका दिनमा नेपाल देश चलाउने नेताले भुलिसकेका छन्। त्यसैले त गाउँ गाउँमा विकास हुन सकेको छैन । यही अहिलेको यथार्थ हो ।

    कम्युनिस्टहरू तानासाही लाई मान्दछन् सर्वहाराको तानासाही उनीहरूको सिद्धान्त हो तर म त्यसलाई मान्दिन भनेर हाक्काहाकी भन्नु हुन्थ्यो बि.पी.ले।

    धर्मको विरुद्धमा त म पटक्कै छैन ,छ दै छैन तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दैन । ईश्वर छ तर प्रचलित होइन जस्तै कि हाम्रो नियतिको निर्माताको रूपमा होइन, ईश्वर कवितामा हुन्छन् ,ईश्वर सपनामा हुन्छन् ,ईश्वर लाई विज्ञान को माध्यम ले व्याख्या गर्न सक्नु हुन्न!भौतिक आधार मा व्याख्या गर्न सक्नु हुन्न ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो ।

    म राजनीतिको मत साहित्य मा राख्न बिलकुलै रुचाउँदिन !राजनीतिको घेरा साँगुरो छ ! कानुनको निर्देशनमा,नियम बद्धतामा बाच छर साहित्य विराट शास्त्रमा !राजनीति चारैतिर बाट बन्द छ र कला चारै तर्फ खुल्ला !

    राजनीतिमा म अन्तर प्रेरणाले उकासिएको छु भने साहित्य मा ठिक विपरीत अन्तर प्रेरणाले!म राजनीतिमा समाजवादी हु भने साहित्य मा अराजकतावादी ।

    बि.पी.ले भन्ने गर्थे साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्द छ र समाजवाद बाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ ।

    बि.पी.ले समाजवाद लाई एउटा झुपडी,एक हल गोरु,एउटा दुहुनो गाई र खेत सँग जोडेका थिए । बिपीले हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था नै समाजवाद हो भने तर आजको सन्दर्भमा यो कुराले चाहिँ हामी आम नेपाली नागरिक जनताले कत्तिको महत्त्व राख्दछन् त ? प्रश्न आफैमा महत्त्वपूर्ण छ ।

    हाम्रै पार्टीमा पनि कुन नेताले बिपीको यो भनाइलाई आजको दिनमा आत्मासाथ गरेका छन् ? मलाई लाग्दैन कि कसैले आत्मसाथ गरेका छन् ।

    आधुनिक गाई गोरु उत्पादन गर्ने फार्म,जमिन सधैँ उर्वर कायम गराई राख्ने उपाय र किसान बस्ने झुपडी लाई महलमा रूपान्तरण गर्ने कार्यक्रम आजको हामी काँग्रेसी अनि काँग्रेस सँग छ र ?

    नेपाली राजनीतिमा सबैले सधैँ लिने नाममध्येको एक हो— बिपी कोइराला । विश्व राजनीतिमै चर्चित कोइरालाको जीवनको अर्को महत्त्वपूर्ण पाटो हो— साहित्य । नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्वका साथ लिइन्छ । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने महत्त्वपूर्ण श्रेय पनि बिपीलाई नै जान्छ ।
    राजनीतिक क्षेत्रमा गरिएको योगदानको विशेष चर्चा हुने गरे पनि उहाँले साहित्यका क्षेत्रमा दिएको योगदानको भने त्यही रूपमा चर्चा नगरिएको साहित्यका अनुसन्धाताहरू बताउँछन् ।
    बिपीको साहित्यिक योगदान पनि राजनीतिकभन्दा कम नभएको विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरामा नेपाली साहित्यमा प्राध्यापनरत अम्बिकाप्रसाद भट्टराईले बताउनुभयो । बिपीले राजनीतिक क्षेत्रमा पु¥याउनु भएको योगदानजस्तै साहित्यिक क्षेत्रमा पु¥याएको योगदान पनि बिर्सन नमिल्ने उहाँले बताउनुभयो ।
    “बिपी कोइरालाले नै नेपाली साहित्यमा पहिलो पटक यौन मनोविज्ञान भित्र्याउनुभएको हो,” भानु वाङ्मय प्रतिष्ठान पोखराका सचिवसमेत रहेका भट्टराईले थप्नुभयो, “पश्चिमी दार्शनिक सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानलाई उहाँले नेपाली आख्यानका क्षेत्रमा भित्र्याउनुभएको हो ।”
    तत्कालीन समयमा कालजयी साहित्य सिर्जना गरी नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली भित्र्याउनुलाई अत्यन्त महत्वका साथ लिइएको छ

    अहिलेका नयाँ पुस्तालाई को हुन त बि.पी. भनी चिनाउन जरुरी छ ,बिपीको मूल्यमान्यता र उहाँको सिद्धान्त चिनाजान र चिन्न जरुरी छ । हैन भने त्यहीँ पार्टीका कार्यक्रममा मात्र फोटोमा माल्यार्पण गर्‍यो अनि बस नेताहरू आ-आफ्नो भाषण ठोक्न अनि बि.पी. भन्दा नि आफ्नो बयान गर्न जानेका छन् । यो अहिलेको यथार्थ हो । बिपीको मार्गमा हामी हिँड्नु जरुरी छ । बिपीको राजनैतिक धरातललाई टेकेर काँग्रेस बढ्न जरुरी छ । साँच्चै नै भन्दा के अहिलेका नेताहरूमा नयाँ पुस्तालाई दिने ज्ञान छ त ?

    यदि बि.पी.ले राजनीति गर्दै गर्दा मन्त्री हौला, ठूलाठूला महलमा बसौला, चिल्ला गाडीहरूमा हिँडौला भनेर कहाँ राजनीति गरेका थिए र ? उहाँले त देश र जनताको भलोको लागि राजनीति गरेका थिए , देश विकास गर्न राजनीति गरेका थिए , सिङ्गो राष्ट्र निर्माणका लागि राजनीति गरेका थिए अनि गरिब निमुखाको उत्थानका लागि राजनीति गरेका थिए । त्यसैले त आज बिपी बिपी भए ।

    आज बिपी कोइरालाको ११०औँ जन्मजयन्तिमा हामी सबैलाई उहाँले देखाएको बाटोमा इमानदारीका साथ हिँड्ने प्रेरणा मिलेको होस ।बिपीका बिचार अनुसार हामीले हाम्रो व्यवहारमा उतार्न सकेका हौँ । इतिहास बदल्ने मानवले जन्म लिएको दिन उहाँले देखाएको बाटोमा अविचलित , अनवरत सदा सदा हिँड्ने प्रेरणा मिलोस् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.