Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नीति तथा कार्यक्रम निर्माणका लागि रामेछाप नगरपालिकामा पत्रकारसँग मेयर

    नीति तथा कार्यक्रम निर्माणका लागि रामेछाप नगरपालिकामा पत्रकारसँग मेयर

    By सूचनापाना१० जेष्ठ २०८१, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई  पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे ।

    SuchanaPana.com

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो  बुद्धको मूर्ति स्थापना गरी स्थानीय पर्यटन प्रवर्द्धनमा फड्को मार्ने नगर प्रमुख लवश्री न्यौपानेले बताए । आर्थिक वर्ष २०८१/०८२ मा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गरी शैक्षिक क्षेत्रमा सुधार गर्ने न्यौपानेले बताए । व्यावसायिक कृषि प्रवर्द्धन , लिफ्ट खानेपानी तथा स्वास्थ्य क्षेत्रमा विशेष महत्वका साथ काम गरिने प्रमुख न्यौपानेले बताए ।

    कार्यक्रमका अवसरमा पत्रकारहरूले बन डढेलोले जिल्लाको सबैभन्दा बढी क्षति हुने नगरपालिकाको रूपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना बनाउन र रैथाने कृषि बालीहरूको संरक्षण गर्न आग्रह गरेका थिए । नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, रोजगार प्रवर्द्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम सञ्चालन तथा शैक्षिक सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । रामेछापमा पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना बनाउनु पर्ने पनि सुझाव दिएका थिए ।

    करिब २ वर्षको अवधिमा नगरले गरेका राम्रा कामहरूको प्रचार प्रसार र स्थानीय उत्पादनलाई बजार सँग जोड्नका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका भएकाले नगर उप–प्रमुख बालकुमारी कार्कीले बताइन् ।

    पत्रकारहरूले सामूहिक रूपमा आएर मिडिया हाउसको विकासका बारेमा एकद्वार बजेट माग गरे सहजता हुने र पालिकाले त्यसको सम्बोधन गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेले बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेले जिल्लाका मिडियाहरूको संस्थागत विकास गर्न अन्य पालिकाहरू भन्दा अग्रपङ्क्तिमा रहेर सहयोग गर्न आग्रह गरे । उनले नगरलाई उत्पादनसँग जोड्न समेत आग्रह गरे । 

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.