Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर, भन्छन्- उत्पानले बजार पाउने हो भने विदेशको भन्दा दोव्बर कमाई हुन्छ

    खाँडीबाट फर्केर खेती किसानीमा व्यस्त कुलबहादुर, भन्छन्- उत्पानले बजार पाउने हो भने विदेशको भन्दा दोव्बर कमाई हुन्छ

    By सूचनापाना१ असार २०८१, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।
    पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम बेच्न गएका थिए खड्का । आफ्नो पुर्खौली कृषि पेसाले गाँस, बास र कपासको जोहो गर्न नसकेपछि अरू युवा जस्तै कुलबहादुर पनि खाँडी छिरे । पहाडको चिसो मौसममा आफ्नै तरिकाले काम गर्दै बाँचेका कुलबहादुर विदेशी भूमिमा पुगेर अरूको इशारामा समय कटाउन बाध्य बने । विवाह गरे पछि पनि विदेश गएका उनी त्यो पललाई अब सम्झनै चाँहदैनन । काखको आफ्ना सन्तान खेलाउन छाडेर समेत कुलबहादुर पैसा कमाउन विदेश गए । बुढी आमाको र साना लालावालाको जिम्मेवारी श्रीमतीलाई छाडेर ।

    SuchanaPana.com

    खाँडीको बसाइँले धेरथोर पैसा पनि दियो । तर त्यो पैसाले कुलबहादुरसँग परिवारको माया र गाउँको सम्झना किन्न सकेन । विदेशमा जति सुकै कमाए पनि आफ्नो जवानी सबै अरूकै नोकर बनेर बिताउन मन लागेन उनलाई । २०७२ सालको महाभूकम्पले देशको मुहार तहसनहस बनाए पछि आफ्नै गाउँ फर्किए कुलबहादुर । गाउँ फर्केका कुलबहादुरले फर्के लगत्तै आलु र किवी खेती सुरु गरे । आलु खेती उनको पुर्खौली पेशा भए पनि किवी खेती उनको लागि नयाँ थियो र उतिकै चुनौती पनि थियो । विदेशमा हुँदा मेन्टिनेन्सको काम गरेका उनको रगतमै कृषि थियो ।

    अरबको तातोमा १४ वर्ष बिताएर आफ्नै गाउँ फर्किएका कुलबहादुर अचेल खेतीपातीमै व्यस्त भेटिन्छन् । दुई छोरा एक छोरी, श्रीमती र आमाको साथमा अहिले उनी खुसी छन् । विदेश जानु अगाडि हौसला दिने कोही नभएकोले आफ्नो १४ वर्ष अर्काको माटोमा बितेकोमा चिन्तित बने उनी । सानैदेखि बोटबिरुवासँग प्रेम बसेको कुलबहादुरका बाबु बागवानी फार्मका जागिरे थिए । कटुस, आलुचा, आरुका फलफूलहरूसँगै बालापन बिताएका उनी अहिले किवी फलाएर व्यावसायिक कृषिमा जमेका छन् । तालिम दिन आफूसँग प्रमाणपत्र नभए पनि गाउँगाउँ किवी खेतीको बारेमा गाउँलेलाई सिकाउँछन् । किवीको हाँगा छाँटकाँट गर्न परे अचेल उनैलाई सम्झन्छन् गाउँका साथीभाइ । उनी पनि झन्झट नमानी गाउँगाउँका किवी फार्ममा गएर किवीका हाँगा छाँटकाँट गरिदिन्छन् ।

    फलेको जति किवी र आलुले राम्रो बजार पाउने हो भने विदेशमा कमाउने भन्दा दोब्बर कमाउन सकिनेमा उनी ढुक्क छन् । व्यावसायिक कृषिका लागि कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत सहयोग गरेको रहेछ । विदेश जाने युवाहरूलाई समेत तालिम लिएर आफ्नै देशमा व्यावसायिक कृषिमा लाग्न सुझाउँछन् कुलबहादुर ।
    श्रीमानले गाउँमै व्यावसायिक कृषि थाले पछि कुलबहादुरकी श्रीमती पनि खुसी छिन् । श्रीमान् विदेशमा हुँदा ५ महिनामा एउटा चिठ्ठी पढेर जीवनको गोरेटो हिँडेकी उनको आँखै अगाडि पुरै परिवार छ । श्रीमानले किवी खेती सुरु गरेपछि गाउँका धेरै युवाहरू किवी खेतीमा आकर्षित भएको देखेर उनी झनै हर्षित छिन् ।
    विदेशी माटोमा पसिना बगाएर जति पैसा कमाए पनि आफ्नो देशमा कमाएको जस्तो आनन्द पाइएन कुलबहादुर भन्छन् । उनी भन्छन्–देशमा पसिना बगाउँदा नेपाली माटोमा नै सुन फल्छ । विदेश जानु भएका र जान चाहनु भएकाहरूले पनि विदेश जान अगाडि एक पटक पसिनाको मूल्य र माटोको सुगन्ध बुझ्न जरुरी छ ।
    कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरणले यो बेला कृषिमा ठुलो लगानी गरिरहेको छ । त्यस्तै हरेक नगरपालिका तथा गाउँपालिकाले पनि कृषिमा क्रान्ति गर्नका लागि र आत्मनिर्भर बन्न कृषिमा लगानी गरिरहेको छ । हामीले त्यसको लागि सरकारको साथ दिन पर्छ । सरकारले गरेको लगानीको संरक्षण गर्नु पर्छ अनि मात्र देशको पनि प्रगति हुन्छ ।
    नेपाल आफैमा कृषि प्रधान देश हो । नेपालमा व्यावसायिक कृषि सुरु गर्न जग्गाजमिनको कुनै कमी छैन । आफूसँग मनग्य लगानी नभए नेपाल सरकारका विभिन्न निकायले अनुदानका कार्यक्रमहरू पनि अगाडि सारेको छ । विभिन्न पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । अब विदेश जाने हैन जानेहरूलाई फर्काउने वातावरण बनाउन जरुरी छ कुलबहादुरले भने । हामी जस्ता कर्म गरेर खाने युवा शक्ति विदेश जान्छौँ । सरकारले दिएको अनुदान सबै कर्म गर्नेको भन्दा पनि गोजी भर्नेको हातमा जाँदा सरकारले लगानी गरेको अनुदान रकम बालुवामा पानी हेलेको जस्तो हुन पुगेको छ । अब हामी युवाहरू विदेश हैन नेपालमा बसेर विदेशमा गरेको मिहिनेत नेपालमा गर्नु पर्छ, कुलबहादुर भन्छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.