सिन्धुपाल्चोक । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार कृषकलाई जुगल गाउँपालिकाले मिनिटिलर वितरण गरीएको छ ।
गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८५ थान खेतबारी जोत्ने मेसिन मिनि टिलर उपलब्ध गराएको हो ।
कृषिमा यान्त्रीकरण गर्दै कृषिमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाका कृषकहरूलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको अध्यक्ष रेशम स्याङबोले जानकारी दिए। गाउँपालिका भित्रका कृषकहरुले ५० प्रतिशत अनुदानमा ८५ थान खेतबारी जोत्ने मेसिन मिनि टिलर पाएका छन् ।
गाउँपालिकाले कृषिलाई नयाँ प्रविधिसँग जोड्न र कृषकहरुलाई हौषलाका लागि यस्तो मेसिन वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गत वर्ष लम्कीस्किन भाईरसले ठूलो पशुधनको क्षति हुँदा खेतबारी जोत्न समस्या भएकाले त्यसको विकल्पमा कृषकहरुलाई मेसिन प्रदान गरिएको बताए ।
यो मेसिन वितरणले गाउँपालिका भित्रका कृषकहरुलाई केही थोरै भएपनि राहत मिल्ने अध्यक्ष स्याङबोको भनाई छ । गएको वर्ष लम्पी स्कीन नामको भाइरसबाट गाउँपालिकाभित्रका कृषकहरु पनि पिडित थिए ।
